काठमाडौं : ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ। दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आइतबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो। मेलाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीचको जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। उनले सो मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको ३ दिनसम्म चल्ने मेलामा नेपाल र चीन दुवै मुलुकका भाषाका विज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ। मेलामा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्री र ८ वटा स्टल राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।