|

काठमाडौं : गुल्मीको मुसिकोट नगरपालिका-४ मा रहेको दजाकोट गाउँमा झाडापखलाको महामारी फैलिँदै गएपछि स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली पठाउने भएको छ।

महाशाखा प्रमुख डा विजयलाल कर्णका अनुसार झाडापखला फैलिएको जानकारी आएपछि विश्व स्वास्थ्य संगठनको समन्वय र एकजना विज्ञ चिकित्सकसहित टोली त्यता जान लागेको महाशाखा प्रमुख डा कर्णले बताए।

हाल दूषित पानीको कारण झाडापखाला फैलिएको पारम्भिक जानाकारी आए पनि थप कुरा अध्ययनबाट थाहा हुने उनले बताए। उनले भने, ‘त्यहाँ संक्रमण फैलिएको जानाकारी आएपछि केही प्रतिनिधि पठाउन लागेका छौँ उहाँहरूले त्यहाँबाट बिरामीको स्यापल ल्याएर केन्द्रिय प्रयोगशालामा परीक्षण गरिनेछ। ‘हाल त्यहाँ औषधि र चिकित्सकको अभाव नभए जानाकारी आएको र आवश्यक परे केन्द्रबाट औषधिसहित थप चिकित्सकको टोली पठाइनेसमेत डा कर्णले बताए।

मुसिकोट नगरपालिका-४ मा रहेको दजाकोट गाउँमा तीन दिनदेखि झाडापखालाको माहमारी फैलिएको छ। दजाकोटका एक सय दुई घरधुरीमा फैलिएको झाडापखलामा हालसम्म १०९ जना संक्रिमित भएका छन्। जसमा पाँच बर्ष मुनिका दुई जना, र पाँच वर्षमाथिका ४५ जना पुरुष र ५७ जना महिला संक्रमित भएका मा आज पुन चारजना बिरामी थपिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.