पूर्वराज्यमन्त्री संजय साहसहित सातलाई जन्मकैद

|

जनकपुरधाम : जनकपुर बम काण्डको आज ७ वर्ष पूरा भएको छ। मिथिला राज्य संघर्ष समितिको अगुवाइमा सुरु भएको मिथिला राज्यमाग आन्दोलनले ७ वर्ष पूरा गरिरहँदा २०६९ साल वैशाख १८ गतेका दिन गराइएको बम विस्‍फोटको घाउलाई  मिथिलावासीले अझै पनि बिर्सन सकिएका छैनन्।

भनिन्छ मिथिला आन्दोलनविरोधीहरूले सुनियोजितरूपले बम विस्फोट गराए रे ! शान्तिपूर्ण आन्दोलनमा बम विस्फोट गर्नु मानवताविरुद्धको निर्मम अपराध भएको मिथिला अभियानका अगुवा नीराजन झाले बताए। उनले भने, ‘मिथिला राज्यको माग गरिरहेको मिथिला राज्य संघर्ष समितिको आन्दोलनले ७ वर्षअघि जनसमर्थन पाएको आभाष दियो। जनकपुरवासीहरू मिथिला राज्यको आन्दोलनलाई समर्थन र स्वागत गरे। तर, त्यो धेरै दिन टिक्न सकेन।’

यस्तो थियो घटना

मुलुकमा संघीयताको बहस र प्रारूपबारे बहस भइरहँदा जनकपुरमा पहिचान, सांस्कृतिक, अधिकार र मिथिला राज्यको माग गर्दै ७ वर्षपूर्व मिथिला आन्दोलन भएको थियो। सो आन्दोलनको क्रममा भएको बम विस्फोटन भएको थियो। विस्फोटबाट पाँचजनाको मृत्यु र ३२ जनाभन्दा बढी घाइते भएका थिए। 

शहीद हुनेहरूमा स्थानीय सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरु मण्डल र बिमल शरण र मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झाको मृत्यु भएको थियो। बम विस्फोटको बेला धर्ना कार्यक्रममा सहभागी रहेका मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीसहित २८ जना घाइते भएका थए। सोही बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह टक्लासहित ७ जनालाई जन्मकैद र एकजनालाई ५ वर्षको जेल सजाय हालै सुनाइएको छ।

जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्रीसमेत रहेका संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको फैसला गरेका छ भने बमकाण्ड घटनामा एकजनालाई ५ वर्ष र एकजनालाई सफाइ दिइएको छ। जन्मकैदसहित १२ वर्ष सजाय पाउनेहरूमा भूमिगत संगठनका मुकेश चौधरी, राजनमुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन्। ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ।

मिथिला र मधेसबारे आरोप प्रत्यारोप

मिथिला आन्दोलन रामानन्द चोकभन्दा आगाडि बढ्न नसकेको आलोचना भइरहेको बेला मिथिला प्रदेशको भूगोलबारे बहश हुनु स्वाभाविकै हो। अहिले प्रदेश-२ को नाम, राजधानी तथा भाषाबारे चर्को बहस भइरहँदा मधेसभित्र मिथिला खोजेको वा मिथिलाभित्र मधेस खोजेको भन्नेमा विवाद रही आएको छ। अझ भन्ने हो भन्ने विश्लेषकहरूले मिथिला आन्दोलन जनकपुरधाममा सीमित भएको औंल्याउछन्।

मिथिलाको आन्दोलन पक्षधरहरूले मिथिला राज्यको माग कुनै राजनीतिक दलभन्दा पनि बुद्धिजीविहरूद्वारा संचालित भएको र मिथिलाको कला,संस्कृति, भाषा, पहिचान र परम्परालाई सम्वर्द्धन गर्नका लागि आन्दोलन भएको मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले बताए। तर, विपक्षी मिथिला आन्दोलन आन्दोलन ‘नचनिया–गवनिया’ द्वारा सञ्चालित भएको तर्क गर्छन्। मिथिला र मैथिलीको खुलेरै विरोध गर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सबैको स्वतन्त्रता भएकोले बहुसंख्यक जनताले रुचाएको नाम र भाषा प्रदेश-२ मा हुने दाबी गरे।

मधेसभित्र मिथिला, भोजपुरा, अवैधलाई अटाउन सकिए पनि मिथिलाभित्र अवधि र भोजपुरालाई अटाउन नसकिने जिकिर छ। उनले भने, ‘यदि मिथिला राज्यको निर्माण प्राचीन इतिहासको आधारमा गरिने हो भने भोलिको दिनमा भोजपुरा र पूर्वेलीहरूद्वारा त्यसको विरोध हुनसक्छ। वीरगन्जवासीले भोजपुरा क्षेत्र मिथिलामा गाभिँदा आफ्नो पहिचान संकटमा पर्ने हो कि भन्ने शंकामा पर्दा मिथिला आन्दोलकर्मीले उनीहरूलाई विश्वासमा लिन सकेनन्। त्यसकाे असर अहिले स्पष्टरूपमा देख्न सकिन्छ।’

मिथिला राज्यको मााग किन भएको हो, मिथिला राज्यको सीमा कस्तो हुने, मिथिला राज्यको परिकल्पना गरिएको जिल्लावासीले मिथिला राज्यमा गााभिन स्वीकार्लान त? मिथिला राज्यले मिथिला क्षेत्रको गैरमैथिललाई कसरी सम्‍बोधन गर्ला, मुस्लिमहरूको अवस्था कस्तो होला,सीमान्कृत समुदायको प्रतिनिधित्व कसरी होला, यो भाषिक आन्दोलन मात्र हो त भन्ने जस्ता प्रश्नको जवाफ बाहिरका जनताले पाउन नसकेको स्थिति रहेको जानकारमध्येका एक सत्यनारायण आलोक बताउँछन्।

आलोक भन्छन्,'मिथिला आन्दोलनवालाहरूले सर्लाहीलाई मिथिलामा गाभ्ने प्रस्ताव गरिरहँदा त्यहाँका बज्जिका भाषीहरू मिथिलाको विरोधमा आफ्नो आवाज बुलन्द गर्न तम्सिएका छन्।' अर्को तर्फ झापावासीको मिथिलाप्रति समर्थन छैन। धनुषा, महोत्तरी, सिरहा, सप्तरीको मिथिला राज्य बने त्यो कमजोर राज्यका रूपमा स्थापित हुने भन्ने विश्लेषण पनि भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.