|

जुम्ला :  छोराछोरी जन्म दिइसकेपछि  हुर्काउने पालनपोषण, गर्ने  शिक्षा  दिनेजस्ता आधारभूत आवश्यकता निर्वाह गर्ने आमाबाबुको कर्तव्‍य हो। तर, कुनै अभिभावक यस्ता पनि छन्, सरकारले दिएको भत्ता आफू खाने छोराछोरी सडकमा मागेर खाने। त्यस्तै,  एक दृष्टिविहीन किशोरी  डाँगीको कथा ठ्याकै मिल्दोजुल्दो छ।

आफ्नो उमेर २० वर्ष बताउने तातोपानी गाउँपालिका-१ राँका जन्म घर भई सोही गाउँपालिका-७ सर्मी विवाह गरेकी दृष्टिविहीन  किशोरी गाँसबासको खोजीमा भौतारिँदै  जुम्ला सदरमुकाम खलंगा आइपुगेकी छिन्। सँगै जिउने वाचा गरेर दृष्टिविहीन  मानबहादुर कुँवरसँग विवाह बन्धनमा बाँधिएकी सरिता डाँगी श्रीमान कुँवरले घरनिकाला गरेपछि  उनी गाँसबासको खोजीमा भौतारिएकी हुन्।

एक वर्षअघि कुँवरसँग विवाह गरेकी डाँगीलाई  श्रीमानले घरनिकाला गरेपछि आफू विचल्लीमा परेर माइतीघरमा आएको बताइन्। उनले भनिन्, 'आमाबाबुले पनि बेवास्ता गर्न थालेपछि  गाँसबासका  लागि जोहो गर्न  भौतारिएकी हुँ।' उनले थपिन्,' मलाई सरकारले दिएको  अपांग भात्ता आमा विष्णु धराले बुझ्नुहुन्छ  मलाई दिनुहुँदैन।' अपांग भएकाले भत्ता बुझ्न आफू एक्लै जान नसक्ने उनले गुनासो सुनाइन्। धरालाका घरमा चार छोरी एक छोरा छन्।

बाबु भारतमा काम गर्न गएका र आमाले बस्न नदिएपछि बाध्य भएर आफू निस्कनुपरेको उनले दुखेसो पोखिन्। साथमा पुरानो कपडाको कुम्लो  बोकेकी उनी  जिल्ला प्रहरी कार्यलय अगाडि बसेर रुँदै जीवनको सहारा खोजिरहेकी थिइन्।

दृष्टिविहीनभित्रै बहुविवाह र जातीय भेदभा

डाँगीका श्रीमान मानबहादुर कुँवरले  सरितासँग बिहे गर्नुअगाडि तिलागाउँपालिका-३ की गौजी सुनारसँग बिहे गरेका थिए। कुँवर आफूले विवाह गरेपछि गौजी सुनारलाई दलित भनी बेवास्ता गरेर दोस्रो विवाहका रूपमा  डाँगीलाई  घर भित्र्याएका थिए।

डाँगीसँग बिहे गरेको एक वर्षमै कुँवरले फेरि सुनारलाई घर भित्र्याएर  डाँगीलाइ घरनिकाला गरेका हुन्। दृष्टिविहीन  डाँगीलाई कुँवरले आफू काम गरेर पाल्न नसक्ने भन्दै घर निकाला गरेको  उनको  गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.