|

कालिकोट : कालिकोटको लोडसेडिङ अन्त्यका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पहल थालेको छ। शान्तिघाट जलविद्युत् आयोजना उत्पादित विद्युतबाट दैनिक ३ घण्टा लोडसेडिङ हुने समस्या अन्त्य गर्न पहल थालेको हो।

५०० किलोवाटको शान्तिघाट जलविद्युत् आयोजनाले जिल्लाको खाडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाको आधा जनसंख्यालाई विद्युत् सेवा दिँदै आएको छ।

जिल्लाको अन्य भाग विद्युत् सेवा दिँदै आएको ठाउँका मानिसको विद्युतको माग पनि धेरै भएका कारणले त्यो समस्या हल गर्नका लागि ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खुमलटारले पहल थालेको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले बताए। ‘कालिकोटमा लोडसेडिङ अन्त्य गर्न पहिलो चरणको काम सुरु भएको छ।’ उनले भने, ‘अब चाँडै नै कामको थालनी हुन्छ।’

स्थलगत अध्ययन सुरु

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खुमलटारको टोलीले पहिलो चरणमा स्थलगत अध्ययन गरेको र त्यसको प्रतिवेदनका आधारमा काम सुरु हुने जनाएको छ।

हामीले स्थलगतरूपमा जलविद्युत् आयोजनास्थल हेरेको त्यहाँ रहेका २ वटा टर्वाइन मेसिनमध्ये एउटा चालू हालतमा रहेको अर्को सेसिन बिग्रिएको अवस्था रहेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र खुमलटारका इन्जिनियर खेमराज भण्डारीले बताए। ‘दुईवटा टर्वाइन मेसिन रहेको विद्युतमा अहिले एउटा मेसिन मात्र काम गरिरहेको छ।’ उनले भने, ‘हामीले दुइटै टर्वाइन चलाउने र अन्य विकल्प लैजाने सल्लाह हुन्छ।’

लोडसेडिङ अन्त्य गर्न सोलार प्लान्ट राख्ने तयारी

दैनिक लोडसेडिङ अन्त्य गर्न सोलार प्लान्ट राख्ने तयारी विषयमा छलफल भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खुमलटारका इन्जिनियर खेमराज भण्डारीले बताए। ‘हामीले कालिकोटको लोडसेडिङ अन्त्यका लागि सोलार प्लान्ट राख्ने विषयमा छलफल चलाएको छौं।’ उनले भने, ‘त्यो सबै विषय अध्ययनपछि मात्र भन्न सकिन्छ।’

पहिलो चरणमा स्थलगतरूपमा अध्ययन गरिएको त्यसको प्रतिवेदन तयार पारिने इन्जिनियर भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.