|

विराटनगर : मोरङ कटहरी–४ का धर्मेन्द्रकुमार सिंह २ दिन अगाडि अति आवश्यक काम परेर मोटरसाइकल लिएर जहदा–४ मा रहेको उद्योगमा काम गर्न जाने क्रममा खोलाको पुलबाट झरे। सोही ठाउँबाट जाँदा जोखिम मोल्नुपर्ने नजाँदा १ घण्टाबढी समय लाग्ने भएको कारण उनी त्यस ठाउँबाटै जाने प्रयास गरेका थिए। जसका कारण उनी पुलबाट मोटरसाइकलसहित झरेका थिए। 

मोरङको कटहरी–४ र जहदा–४ को बीचमा पर्ने लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीय जोखिम मोलेर बाँसको पुलबाट ओहोर-दोहोर गर्न बाध्य छन्। सरकारले लागू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत तरकारी जोनमा पर्ने उक्त स्थानमा खेती गर्न, बाली टिप्न वा उत्पादित वस्तु ल्याउन कमजोर बाँसको पुलबाटै तार्नुपर्दा समस्यामा परेको उनीहरू बताउँछन्। 

दैनिक सयौंको संख्यामा सर्वसाधारण आवत जावत गर्ने कटहरी ४ को फुलटोल मधुराबाट जहदा–४ मा जाने आउने पुल नहुँदा सर्वसाधारण समस्यामा छन्।मोटरसाइकल तार्नु पर्दा केही जवानले बोक्नु पर्ने बाध्यता छ भने साइकलमा सामान ल्याउन सर्वसाधारणलाई सास्ती छ। कटहरीको उक्त स्थानका सर्वसाधारण पारिपट्टी तरकारी खेती गर्न दैनिक जाने गर्छन्।

पारि जहदाका बालबालिका विराटनगर अध्ययनका लागि दैनिक आउने गर्छन्। तर उनीहरूले जहिल्यै जोखिम मोल्नुपर्छ। लोहन्द्रा खोलामा बाँसको जीर्ण पुलबाट तर्नु पर्दा समस्या रहेको स्थानीय नरेश सिंह बताउँछन्। 

आफ्नो खेतीबाट सामान ल्याउन समस्या भएको स्थानीय सुकदेव सिंह बताउँछन्। दैनिक खेतिबाट आउने जाने र समस्या ल्याउँदा साइकलमा समेत ओसार्न नसकिने अवस्था रहेको उनको भनाइ छ। घुमेर जानु पर्दा १ घण्टा बढी लाग्ने बताउँदै उनले पुल निर्माण हुनुपर्ने माग गरे। 

माथिल्लो निकायमा भन्दा पनि योजना नपरेको स्थानीय विनोदकुमार सिंह बताउँछन्। जहदा र कटहरी गाउँपालिकाका अध्यक्ष तथा त्यस क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरूले पहल गरे पुल निर्माण हुन सक्न स्थानीय कोइरीदेवी सिंहको आशा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.