|

सिमकोट : हुम्लाको ताँजकोट र  अदनचुली गाउँपालिकामा विशेषज्ञ चिकित्सक टोलीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन  सम्पन्न गरेको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा हुम्ला जिल्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो।  चिकित्सक डा मंगल रावलको नेतृत्वमा सातजना चिकित्सकको टोली दुर्गम गाउँमै पुगेको हो। सिविरमा हाड जोर्नी, नाक कान घाँटी, स्त्री रोग तथा भिडयो एक्सरे, दन्त रोग, पेट तथा अन्य साधारण रोगहरूको उपचार गरीएको जिल्ला अस्पताल हुम्लाबाट खटिएका हेल्थ असिस्टेन लबी रावतले बताए।

विशेषगरी अदनचुली गाउँपालिकाको लागि आएको टोलीले ताँजाकोट गाउँपालिकामा पनि १ दिने नि:शुल्क शिविर सञ्चालन गरेको डा. रावलले बताए। ज्‍येष्ठ २ गतेका दिनमा  ताँजाकोट गाउँपालिकामा सञ्चालन भएको  शिविरमा ७ सय ७३ जनाले उपचार गरेको र ६ जनाको अप्रेसन गरेको ताँजाकोट मैला स्वाथ्य चौकी इन्चार्ज धनराज ढंकालले जानकारी दिए।  

गाउँमै गएर चेकजाँच

उनले शिविरमा  शरीरमा गाँठागुठी र डल्ला निस्केकाहरूको नि:शुल्‍क अप्रेसन  भएको बताए। अदनचुली गाउँपालिकामा चलेको दुईदिने शिविरमा  १ हजार ४ सय ८२ जनाले सेवा लिएको हेल्थ असिस्टेन लबी रावतले जानकारी दिए। शिविरमा १७ जनाको अप्रेसन भएको बताइएको छ।

वास्तविक बिरामी पहिचानका गर्न गाउँमै गएर चेकजाँच  गरिएको भए पनि वास्तविक बिरामी नआएकाले अन्य सामान्य बिरामीलाई पनि चेक जाँच गरेको डा. रावलले बताए। वास्तविक बिरामीहरू शिविरमा आउन नसकेकै कारणले समस्या भएको अदानचुली २ की महिला स्वयंसेविका कल बुढाले बताइन्।   

७६ पुरुषको स्थायी बन्ध्याकरण

हुम्लाको अदानचुली  र ताँजकोट गाउँपालिकामा ७६ जना पुरुषको  स्थायी बन्ध्याकरण गरिएको छ। ४० जनाको लक्ष्य राखिएको भए पनि ७६ पुरुषले सेवा लिएको

जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी मनमाया बस्नेतले जानकारी दिइन्। सन्तानको रहर पुगेका पुरुषहरूले बन्ध्याकरण गरेपछि नचाहँदा नचाहँदै सन्तान जन्मने समस्याको समाधान हुने अदानचुली-३ का परबहादुर थापाले बताए।

तारापानीमा पनि दुईदिने शिविर

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ  टोलीले जेठ  ६ र ७ गते मुगु जिल्लाको सोरु गाउँपालिका तारापानीमा नि:शुल्‍क शिविर सञ्चालन गर्दै छ। शिविरबाट ग्रामीण भेगका जनता लाभान्वित हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.