|

ललितपुर : गीतकार अग्निप्रसाद केदेम लिम्बूको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ। शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमका बीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन युके’लाई सार्वजनिक गरिएको हो।

प्रमुख अतिथि डा. कृष्णहरि बराल, संगीतकार महेश खड्का, गायक दीपक लिम्बू, गीतकार अग्निप्रसाद केदेम लिम्बू, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन्। अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दीपक लिम्बूको स्वर र महेश खड्काको संगीत रहेको छ।

एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ। किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बू र सवीन लिम्बूको संगीत संयोजन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.