|

धनगढीः सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो।

स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ। 

बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ। स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो। 

सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.