धेरैजसो घरको छाना उडाएर क्षति
धेरैजसो घरको छाना उडाएर क्षति
कञ्चनपुर : कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना उपचार पछि घर फिर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताएका छन्।
उनका अनुसार घाइतेमध्येका आठ जनालाई थप उपचारका लागि कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाइएको छ। घाइतेमध्येका ११ वर्षीय प्राप्ति विष्टको अवस्था गम्भीर रहेको छ। मानवीय र चौपाया क्षति भने भएको छैन।
सबैभन्दा क्षति घरका छाना उडाएका कारण भएको छ। जसका पूर्णविवरण आउने क्रम जारी रहेको छ। ठाउँ-ठाउँमा हावाहुरीले विद्युतका पोलहरु ढालीदिँदा विद्युत् सेवा पूर्ण रुपमा अबरुद्ध रहेको छ।
केही ठाउँमा मोबाइलका टावरहरुमा समेत क्षति पुगेको छ। हावाहुरीले भीमदत्त नगर स्थीत रेडियो कञ्चनपुरको टावरसमेत ढलेको छ।
तरकारी खेतीका लागि ठूलो लगानी गरि बनाईएका आधुनिक शैलिका प्लाष्टिक टनेल समेत हावाहुरीले ढाली दिँदा क्षति पुगेको छ।
किसानले लगाएको केरा खेतीमा समेत ठुलो नोक्सानी पुगेको नगरपालिकाका कृषि सेवा केन्द्रहरुले जनाएका छन्। हावाहुरी संगै परेको असिना पानीका कारण ठूलो संख्यामा सुगा लगायतका चराहरु समेत मरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।