|

कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटको १३५ जिल्ला समितिको जिल्ला समिति सार्वजनिक भएको छ। यो एकताले उत्साहभन्दा असन्तुष्टि बढी देखाएको छ । दुई पार्टी एकतामा पूर्वएमालेका र पूर्वमाओवादीमध्ये माओवादीतर्फ धेरै असन्तुष्ट रहेका छन् । 

पूर्वमाओवादीमा परिवारवाद हावी भएको र नेताहरुको जिल्ला समिति लैजाने मापदण्ड नमिलेको असन्तुष्ट नेताहरुले सामाजिक सञ्जालमा लेखेको छन् ।

कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ जिल्ला कमिटी छनौट र प्रदेश कमिटी छनौटको बिधि फरक फरक बनाई सिनियर कमरेडहरुलाई पाखा लगाउने जिल्ला नेतृत्वलाई बधाई छ।’

त्यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)का कालिकोट जिल्ला सचिव तथा तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव मनसिंह शाहीले लेखेका छन् ‘नेकपा कालिकोटको जिल्ला कमिटीमा क्षमता र क्रियाशीलतामा आगो लगाइयो, आसेपासे र गुलामी गर्ने मात्र नेता बनेँ।

पूर्व माओवादीमा जिल्ला कमिटिमा समेटदा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता परिवार लामो समयसम्म पार्टीमा काम गरेका नेतालाई नसमेटेर आफन्तलाई समेटेको एक नेकपामा नेताले बताए । ‘नाता गोता र आफन्तलाई मात्र समेटेएिको छ’, उनले भने,‘पार्टीमा लामो समय योगदान गरेकालाई पाखा लगाइयो ।’

श्रीमान श्रीमती जिल्ला सदस्य

पूर्व माओवादी केन्द्रबाट जिल्ला समितिमा पर्नेमा श्रीमान र श्रीमती पनि परेका छन् । जिल्ला समितिमा परेको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल र उनीकी श्रीमती अल्किना बम परेका छन् । त्यस्तै, नेकपा जिल्ला समितिमा दुर्गा काफ्ले र बिनिता शाही परेका छन् । उनीहरु नाताले श्रीमान र श्रीमती हुन् । 

दलित अधिकारकर्मीको विरोध

नेकपाको जिल्ला समितिमा जनसंख्याको आधारमा दलित प्रतिनीधित्व नभएको भन्दै बिरोध शुरु भएको छ । कालिकोटका दलित अधिकारकर्मी बाले बिश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा एउटा चार्ट हालेर ‘जनसंख्याको आधारलाई हेर्दा सामाजिक समावेशीकरणमा अभाव भए जस्तो लाग्यो’ भनेर लेखका छन् ।’

त्यस्तै, अर्का दलित अधिकारकर्मी रमेश नेपालीले ‘हाम्रो कम्युनिष्ट पार्टी कालिकोटमा सामाजिक समावेशीकरण यस्तो छ । पार्टीमा योगदान र क्षमताको कदर नगरी आफ्ना आसेपासे तथा चाप्लिसे गर्ने ब्यक्तिको समग्र हेर्दा समावेशीकरण यस्तो छ ।’ सामाजिक संजालमा जिल्ला कमिटिको जुन जाती कति समेटिएका छन् भनेर चार्ट पोष्ट गरेका छन् । 

जिल्ला अध्यक्ष भन्छन्,‘एकता प्रक्रियामा सबैलाई समेटन् सकिएन्।’ पूर्व माओवादीका नेता तथा नेकपा कालिकोटका जिल्ला अध्यक्ष धनजित शाहीले पार्टी एकता प्रक्रिया जाँदा सबैलाई समेटन् नसकिएको बताए ।

पार्टी एकता प्रक्रियामा जादाँ माओवादीमा धेरै कार्यक्रता रहेको सबैलाई समेटन् नसकिएको उनले बताए । ‘सबै कार्यक्रतालाई हामीले समेटन् सकेनौं’, उनले भने, ‘पूर्व माओवादीमा धेरै नेता थिए ।’

पूर्वएमाले सन्तुष्ट

नेकपा कालिकोटका जिल्ला समितिमा पूर्व एमालेका सबै जिल्ला कमिटी सदस्यहरुलाई समेटिएको छ । जिल्लाका कमिटी रहेका शिक्षक कर्मचारीबाहेक सबै पूर्व एमालेका जिल्ला समिति सदस्य अहिले नेकपा जिल्ला समितिका सदस्य बनेका छन् ।

पूर्व एमालेमा एकाध असन्तुष्टि भए पनि कार्यकर्तामा उत्साह आएको पूर्व नेकपा एमालेमा अध्यक्ष तथा नेकपा जिल्ला समिति सचिव नगेन्द्र शाहीले बताए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.