|

सुर्खेत : सुर्खेतमा टिम्परको ठक्करबाट पत्रकारको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका-८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.