|

मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि  हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भएको हो। 

हिन्दुका चार धाममध्येको छायानाथ धाम घुम्न हेलिकोप्टर प्याकेज भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले ल्याएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गररे हेलिकोप्टर प्याकेज शुरुवात गर्न लागिएको भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले जनाएको छ।

रारा पुगेर छायानाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि असार दोस्रो साताबाट हेलिकोप्टर प्याकेज सुरु गरिने ट्राभलस्का संचालक राजु कार्कीले जानकारी दिए। उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको हो। हिन्दु धर्मको पवित्र पुराण श्री स्वस्थानी व्रत कथामा महादेवले शतिदेवीको शव बोकेर घुम्दै जाँदा उक्त स्थानमा अन्तिम अंग पतन भएको उल्लेख छ।

राराबाट हेलिकोप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमश्रृंखलाको अवलोकन गन पाइनेछ। यो प्याकेजका लागि प्रतिब्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताए।

शुक्रबार बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा संयोजक कार्कीले असार दोस्रो सातादेखि रारादेखि छायानाथ, माथिल्लो मुगु हुँदै पुनः रारा फर्किने गरी हेलिकोप्टरको प्याकेज यात्रा सुरु गरिने कार्कीले बताए। भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान सबैभन्दा छोटो नाका गमगढीदेखि मुगु गाउँ हुँदै नाक्चे लाग्नालाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रित गराइने पनि कार्कीले बताए। यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलो मिटर मात्र दुरी रहेको उनको भनाइ छ।

रारा, छायानाथ, माथिल्लो मुगु लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक बढाउनका लागि पोखरा-रारा सीधा हवाई उडान गर्न पहल गरिनेसमेत कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.