|

हेटौंडा : कुलेखानी जलाशयको इन्द्रसरोवरमा डुवेर एक युवक बेपत्ता भएका छन्।

जेभिएर इन्टरनेशनल कलेज काठमाडौंको विएस डब्ल्यु प्रथम वर्षमा अध्ययनरत काठमाडौं अनामनगरका २४ वर्षीय स्वराज भेटवाल आइतबार दिउँसो १ बजेतिर इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा बेपता भएका हुन। 

भेटवालको खोजी दिनभरि गरे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको खोजीमा नेपाल प्रहरी र स्थानीय पौडीवाजहरूले दिनभरि तालको धेरै जसो स्थानमा खाजेका थिए। दिनभरि खोज्दा पनि नभेटिएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अब भोली विहानैबाट खोज्नेभन्दै खाजी कार्य स्थगित गरेको छ।

काठमाडौंबाट २८ जना विद्यार्थी र २ जना शिक्षकसहित इन्द्रसरोवरमा शैक्षिक भ्रमणमा आएका थिए। एक शिक्षकसहित भेटवालका ५ जना साथीहरू इन्द्रसरोवरमै रहेका छन भने बाँकी विद्यार्थी काठमाडौं फर्केको प्रहरीले जनाएको छ। गतवर्ष पनि इन्द्रसरोवरमा पौडी खेल्ने २ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.