अनशनको ४६ दिनमा दुई शिक्षिकाको अवस्था गम्भीर

|

काठमाडौं : शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भई अनशन बस्दै आएका दुई शिक्षिकाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

आयोगले लिएको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षकलाई अवकाश दिने भनेपछि पुनः रोजगारीको माग गर्दै अस्थायी शिक्षक शान्तिबाटिकामा अनशन बस्दै आएका थिए। अनशन बसेका दुई शिक्षिकाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि जेठ ८ गते वीर अस्पतालमा भर्ना गरिएको थियो।

आफूले गर्दै आएको रोजीरोटी गुमेको भन्दै स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि उनीहरुको अनशन जारी नै छ। अनशन बस्नेहरुमा जुम्लाकी राधा रावत र जुम्लाकी ज्याती सिङ रहेका छन्।

उनीहरुको भनाई छ, हामीले आफ्नो न्यायका ४५ दिनसम्मको अनशन बसिसकेका छौं, अहिलेसम्म हाम्रा चार जना साथीहरुले ज्यान गुमाईसक्नुभों, अब हामी दुई जना थपिन्छौं र ६ जना पुग्नेछ, हामी मर्न तयार छौं, तर अनशन तोड्दैनौं।’ अहिले उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको देखिन्छ।

अनशनकारीसँगै शान्तिबाटिकामा करिब दुई सय अस्थायी शिक्षक धर्नामा बसेका छन्। अस्थायी शिक्षकलाई पुनः रोजगारी दिनुपर्ने माग गर्दै अनशन बसेको सोमबार ४६ दिन पूरा भएको छ। तर सरकारले भने कुनै चासो दिएको छैन।

बानेश्वरका अस्थायी शिक्षक तथा सचिव राजन त्रिपाठीका अनुसार शिक्षा मन्त्रालयका उच्च पदाधिकारीले अस्थायी शिक्षकलाई कार्यालयमा बोलाउने र अनशन तोड्न लगाउने गरेको बताए।

हामीलाई उच्च पदाधिकारीले उधारो सम्झौता गर्न अन्तर्वातामा बोलाउनुहुन्छ, उनले भने, ‘हामीलाई अनशन नबस्नु भन्ने आदेश छ, पदाधिकारीहरु अहिले अनशन तोड्ेमा आउने संघिय ऐनमा तपाईहरुको मागलाई समेट्ने छौं भन्ने लोभ देखाउदै आउनुभएको छ।’ उनका अनुसार सोमबार पनि अनशन तोड्नुभन्ने आदेश दिन मन्त्रालयले केही शिक्षकलाई मन्त्रालयमै बोलाएको छ।

रचव त्रिपाठी भन्छन्, ‘सरकारकै कारण चार जना शिक्षकले ह्दयघातका कारण ज्यान गुमाइसक्नु भएको छ, अब दुई शिक्षिका अन्तिम अवस्थामा हुनुहुन्छ।’ दिउँसोकोे टन्टलापुर घाम र राती पानी परेको समयमा पनि पाल टाँगेर बस्न समेत सरकारले नदिनु निकै अमानवीय व्यवहार भएको उनको भनाई छ।

राज्यले शिक्षकप्रति हेर्ने दृष्टिकोण मानवीय नै नभएको र अनशन बसेका शिक्षकलाई राज्यले दोस्रो देशका नागरिकलाई गर्ने व्यवहार गरेको उनको गुनासो छ।

नागार्जुन माध्यमिक विद्यालय गोलढुङ्गाकी शिक्षिका विजया शर्मा भन्छिन्, ‘हामीले संविधानको धारा ३३ मा लेखिएको रोजगारीको हक अधिकार खोजेका हौं, हामीले बाटोमा हिडिरहेका मान्छेसँग रोजगारीको माग गर्दै हामी अनशन बसेको छैनौं, हामीलाई हामीले खादैँ आएको रोजीरोटी सरकारले दिनैपर्छ।’

उनले आफूहरु यही देशको नागरिक भएकाले र खाईपाई आएको जागिरलाई निरन्तरता दिनुपर्यो भन्ने माग राखेको हुँदा सरकारले सुन्नेपर्ने बताउँछिन्। सरकारले अब पनि माग सुनेन भने बाँकी दुई शिक्षिकाको पनि अस्पतालमै ज्यान जाने र त्यसको सम्पूर्ण जिम्मेबारी राज्यले लिनुपर्ने शिक्षिका शर्माको दाबी छ।

श्री काउसे आधारभूत विद्यालयकी रुपा घिमिरेले अस्थायी शिक्षक समूहले राखेको माग जुनसुकै हालतमा पनि राज्यले सुन्नैपर्ने बताइन्। ‘राज्यले हाम्रो माग समयमै नसुन्दा दुई शिक्षिकाको ज्यान अन्तिम अवस्थामा पुगेको छ, उहाँहरु उठेर हिड्नसम्म सक्नुहुन्न,’ उनले भनिन्, ‘हामी विनाअर्थ विनाकाम यहाँ नाङ्गो आकाशमुनि

आएर एत्तिकै सुतेका छैनौ,हाम्रो माग सुन्नैपर्छ, हामीले हाम्रो रोजिरोटी पाउनैपर्छ।’ उनले शिक्षकलाई अवकाश दिनेबेला हस्तान्तरण गर्ने पैसाभन्दा गरिरहेको काम नै प्यारो भएको र त्यो नै चाहिने जिकिर गरिन्।

पद्यमकन्या माध्यमिक विद्यालयकी शिक्षिका शान्ति आचार्यले यो सबै दोष सरकारकै भएको बताउँछिन्। अस्थायी शिक्षक सिधै अस्थायी दरबन्दीमा गएर नबसेको हुँदा सरकारले ६ महिनाको लागि हामीलाई नियुक्ति दिएपछि त्यतिबेला नै भन्नुपर्थ्र्यो, उनले भनिन्, ‘हामीलाई सरकारले ६ महिना भनेर  २२÷२३ वर्ष अस्थायीमै अल्झ्यो, त्यही उमेरमै भनेको भए हाम्रो तमाम बाटाहरु थिए, यो सरकारकै गल्ति हो, यसमा सरकारकै दोष देखिन्छ।’

अबको दिनमा शिक्षण पेसाभन्दा अन्य पेसामा संलग्न हुन नसक्ने हुँदा सरकारले आफूहरुको माग सुन्नैपर्ने उनको भनाई छ। ‘अहिलेसम्म दुई शिक्षिका गम्भिर अवस्थामा हुनुहुन्छ’ उनी भन्छिन्, ‘सरकारले हाम्रो मागलाई यसरी नै व्यवस्था गर्दै गयो भने भोली हाम्रो पनि त्यही अवस्था होला भन्न सकिन्न।’

‘हामी सरकारी नेताहरुको न त टोपीतिरको पर्यौं न त धोतीतिरको,’ उनले प्रष्ट्याउँदै भनिन्, ‘अनशनमा बसेका शिक्षकहरु नेता तथा मन्त्रीको कुनैपनि नातेदार नपर्ने हुँदा अर्थात् एउटा शिक्षक मात्र हुनेहुँदा हामीमाथि अन्याय गरिरहेको छ, हाम्रो माग सुनेको छैन, हामीलाई मारिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.