|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस ठोक्किएका हुन्। 

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.