जेठ मसान्तसम्म ३५ प्रतिशत बजेट सकियो

|

पाल्पा : तानसेन नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आम्दानी खर्च सार्वजनिक गरेको छ। ८५ करोड ६३ लाख ८४ हजार ५ सय रुपयाँ बराबरको प्रस्तावित आम्दानीमा जेठ मसान्तसम्म ५२ करोड २६ लाख ८७ हजार ६ सय ५८ रुपयाँ खर्च भएको तानसेन नगरपालिकाका लेखा अधिकृत दिवाकर अर्यालले जानकारी दिए। उनका अनुसार कुल बजेटको ३५.०४ प्रतिशत खर्च भएको छ।

असार मसान्तसम्म ९० प्रतिशतसम्म बजेट लक्ष्य अनुमान गरिएको छ। प्रस्तावित आम्दानीमा केही बजेट आउन ढिलाई भएको कारणले खर्च रकम कम देखिएको हो। उनले भने संघीय समपूरक अनुदान, पाल्पा दरबार संग्राहलय, सडक वोर्डको बजेट, जगेडा कोषलगायत कार्यक्रम, भारतीय दुदाबास शित भण्डार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका शीर्षकको बजेट आउन ढिलाई भएको भएको हो।

 नगर प्रमुख अशोक कुमार शाहीले लक्ष्यअनुरूप बजेट खर्च हुन नसक्नुको कारण प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी पटक पटक भएको सरुवा रहेको बताए। यद्यपि असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न गरिने उनको दावी छ। केहि योजना फर्स्योटको लागि पाइप लाइनमा छन् उनले भने केही काम अन्तिम चरणमा पुगेका छन्।

नगर अन्तर्गत रहेका ३ सय ७९ योजना मध्य १ सय ९४ वटा योजनाको फरफारक भइसकेको छ उनले भने बाँकी अधिकांश योजनाको काम सम्झौता अनुसार अन्तिम चरणमा छन्। तर टुडीखेल मैदानको स्तरोन्नती गर्न भनि प्राप्त बजेट ७५ लाखको काम यो वर्ष नहुने भएको छ।

भने वसपार्कको लागि आउने भनिएको ९८ लाख ६० हजार बजेट नआउने भएको छ। केहि प्राविधिक कारणले झण्डै २ करोड बजेट फ्रिज हुने सम्भावना रहेको नगरप्रमुख शाहीले बताए।

प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यमा गर्ने राष्ट्रिय स्तरकै चलन भएकोले पाल्पामा पनि यसको प्रभाव परेका बताए। चालु आर्थिक वर्षको बाँकी समयमा जतिसक्दो बढी काम सम्पन्न गर्ने उनले प्रतिवद्धता गरे। 

न्यायीक समितिका संयोजक लक्ष्मीदेवी पाठकले समितिमा ५१ वटा मुद्दा परेको बताइन्।  नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले कार्यविधि बनाएर अगाडि बढ्न सुझाव दिए।

उनले बसपार्कको काम अघि बढ्नु, सडक चौडा थाल्नु, बजार भित्र ढुंगा विछ्याउने कामको थालनी, श्रीनगरको भ्यूटावर निर्माणको काम प्रशंसनीय भएको बताए। राजश्वको दायरा बढाइ व्यवस्थापन गर्न समेत अध्यक्ष अर्यालले सुझाव दिए। 

कार्यक्रममा सहभागी पत्रकारले विकास निर्माणको कामलाई तीव्र गतिमा लैजान सुझाव दिएका थिए। उनीहरुले कतिपय काम कछुवा गतिमा भएकोले नागरिकलाई प्रत्यक्ष असर गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.