|
फाइल फोटो

हेटौंडा : जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकाभित्र तोकिएको भन्दा धेरै नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण  कम्पनीमा जरिवाना तिराउने निर्णय गरेको छ।  

जिल्लास्तरीय ढुंगा, गिट्टी,वालुवा अनुगमन तथा समन्वय समितिको असार ५ गतेको बैठकले खोलामा तोकिएको भन्दा बढी परिणाममा नदीजन्य पदार्थ उत्खनन गर्ने मोतिदान कन्ट्रक्सन सेवा प्रालिलाई ७३ लाख १३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।  

हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले बढी उत्खनन गरेको भन्दै जेठ १५ गते जिल्ला समन्वय समितिलाई प्रतिवेदन सहित पत्र लेखेको थियो। हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले तयार पारेको अनुगमन प्रतिवेदनमा २० हजार ६४८ घनमिटर नदीजन्य स्रोतको बढी उत्खनन भएको पाइएको हो।

यस्तै  बढी उत्खनन गर्ने मोतिदान कन्ट्रक्सनबाट २० हजार ६४८ घनमिटर नदीजन्य स्रोत  हेटौंडा उपमहानगरपालिकाले जफत गर्नुपर्ने जिल्ला समन्वय समितिले निर्णय गरेको हो। जफत गरिएको नदीजन्य पदार्थको उपमहानगरपालिकाले ठेक्का संझौता गरेको उल्लेखित दररेटमा नघट्ने गरी लिलाम बिक्री गर्नुपर्ने समेत निर्णय गरेको खुलालले बताएका छन्।

कन्स्ट्रक्सनले कारवाही स्वरुप तिर्नुपर्ने जरिवाना रकम सरकारको राजश्व खातामा जम्मा गर्र्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.