|

रुकुम : असार अर्थात् आर्थिक वर्षको अन्त्यमा बजेटको खोलो बगाइन्छ भनेर आरोप र आलोचना त्यसै गरिँदैन। जब जेठ असार शुरु हुन्छ तब सरकारी विकास निर्माणको चटारोले गाउँदेखि शहरसम्म छुन्छ। हिजोआज त्यस्तै असारे विकासका प्रमाणहरु देशका विभिन्न ठाउँमा देख्न पाउँछौं।

रुकुम पश्चिमका पनि विभिन्न सडक निर्माणको काम पनि अहिले चलिरहेको छ। तस्वीरमा देखिएको यो सडक निर्माणको काम रुकुम पश्चिम सल्ले, बाँफिकोटदेखि आठबिसकोट जोड्ने खण्ड हो।

यसबाहेक जिल्लामा दर्जनौँ सडक खण्डको कामहरु पनि यसरी नै भैरहेको छ। केन्द्रीकृत शासन व्यवस्था हुँदा त असारे विकासको कुरा अचम्मको होइन तर संघीय शासन व्यवस्थासहितको अधिकार सम्पन्न स्थानीय सरकार बनेको दुई बर्ष सम्म पनि असारमै विकास निर्माणको काम हुनु राम्रो पक्ष चाँहि पक्कै होइन।

संघ, प्रदेश र स्थानीय सरकारहरुको समयमै बजेट आउने र बजेट आएसगै खर्च गर्ने अख्तियारी पनि भए पनि वडा तथा स्थानीय तहमार्फत हुने खर्च आर्थिक वर्षको अन्त्यमा नै बढी हुने गरेको छ। जसले बजेट सक्काउन हतार हतारमा विकास निर्माण गर्दा गुणस्तरमा मात्र समस्या देखिएको छैन स्थानीय सरकारको कार्यक्षमतामा पनि प्रश्न उठेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.