|

काठमाडौँ : जनता बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ सहित ६ शाखा उद्घाटन गरी कारोबार शुभारम्भ भएको हो ।

काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुरु गरिएको हो। काठमाडौं उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो । 

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद बृजेशकुमार गुप्ताले गरे। उद्घाटन कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री उपस्थित थिए। 

यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर केसी, बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले तथा थानकोट शाखाको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले उद्घाटन गरे।

सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैंकका चिफ बिजनेस अफिसर कल्याण पाण्डेले संयुक्तरुपमा उद्घाटन गरे। बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरे। बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यको उपस्थिति थियो । 

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण, उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । 

आज उद्घाटन भएका शाखासमेत जनता बैंकको शाखा सञ्जाल १४१ पुगेको छ। काठमाडांै उपत्यकामा २३ शाखा रहेका छन् । यससँगै जनता बैंक शाखा सञ्जालको हिसाबले निजी क्षेत्रका वाणिज्य बैंकमध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ। समग्रमा सातौँ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । 

शाखाहरु अतिरिक्त बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग इकाइ, ३ एक्सटेन्सन काउन्टर र १०५ एटिएममार्फत पुर्याँउदै आइरहेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.