|

रुकुम : विकास प्रकृयासँगै विश्वका विभिन्न शहरहरुमा धेरै ठूला र अग्ला महलहरु बनिसकेका छन्। नेपालकै संघीय राजधानी काठमाण्डौमा पनि ठुल्ठूला महलहरु बनिसकेका छन् भने केही बन्ने क्रममै छन्।

गाउँगाउँमा शहरबजारको जस्तो अग्ला र ठूला भवनहरु नबने पनि गाउँले परिबेशमा कलात्मकरूपमा बनेका घरहरु पनि सबैको मन तान्ने खालका छन्। परम्परागत तरिकाले माटो, ढुंगा र काठबाट बन्ने यस्ता कलात्मक घरहरु पछिल्लो समय शहरिया देखासिकिपछि लोप हुने क्रममा पनि छन्।

रुकुम पूर्व र रुकुम पश्चिमका अघिल्लो पुस्ताहरुले कलात्मक सीप लगाएर निर्माण गरेका केही भवनहरु अहिले पनि छन्। सामान्यतय घरको एउटा चुली हुनुपर्नेमा दुईतिन वटा भएका, कमेरोले घर पोतेका, माटोबिना ढुंगाबाट मात्र घर बनाएका, काठको विभिन्न आकृति कुँदिएका झ्याल ढोका र बार्दलीले घेरिएका जस्ता विभिन्न आकर्षण गाउँले परिवेशका घरमा पाइन्छ।

फोटोमा हेर्नुस् गाउँका केही कलात्मक घर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.