|

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको  छ।

मेगा रेमिट सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो। बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसिइ मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ। यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.