|

सिरहा : बजाज कम्पनीको मोटरसाइकलको लहानस्थित आधिकारिक वितरक मनकामना ट्रेड लिंकले कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाज मोटरसाइकल साट्न सकिने सुविधासहितको एक्सचेञ्ज मेला आयोजना गर्ने भएको छ।

लहान ३ स्थित रघुनाथपुर चोकस्थित शोरुम परिसरमा असार २२ देखि २७ गतेसम्म हुने एक्सचेञ्ज मेलामा कुनै पनि कम्पनीका नवीकरण नगरी थन्क्याइएका पुराना मोटरसाइकल वा स्कुटर ब्लुबुकसहित ल्याए न्यूनतम् ३० हजार रुपैयाँ प्राप्त गरी नयाँ मोटरसाइकल लैजान सकिने लिंकका प्रबन्ध निर्देशक शंकर चौधरीले बताए। मेलामा ल्याइएका पुराना मोटरसाइकलको मूल्य बजार मूल्यांकनभन्दा १५ हजार रुपैयाँसम्म बढी दिइने पत्रकार सम्मेलनमार्फत् चौधरीले जानकारी गराए।

मेलामा बजार कम्पनीका कुनै पनि नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले स्क्र्याचकार्डबाट २५ हजार रुपैयाँसम्म नगद छुटसहित लेगगार्ड, ल्यापटप ब्याग, हेलमेट, बाइक कभर समेत निःशुल्क उपलब्ध गराइने निर्देशक चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.