कञ्चनपुर : तान्त्रिक विधिको प्रयोग गरी नाचिने थारु समुदायको ‘मुुंग्रहुुवा नाच’को लोकप्रियता बढदो छ। महाभारतका पाँच पाण्डवको गाथामा आधारिक भएर यो नृत्य देखाइने गरेको छ।
दशैंका बेला मान्यजनको घरमा टिका थाप्नका लागि जाँदा मुंग्रहवा नृत्य देखाइने गरेको भए पनि हाल यस नृत्यलाई सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमासमेत देखाइने गरेको छ। मादलको ताल सँगै युवाले हातमा मुंग्रो समातेर र पिठयुमा मयुरको प्वाँख बाँधेर सामुहिक रुपमा गर्न लागेको नृत्य मनमोहक हुन्छ। यस नृत्युमा युवाको समूह सँगै युवतीको समूहले द्रोपतीको भेषमा सँगसँगै नृत्यमा सहभागिता जनाउने गर्दछन।
नृत्य मण्डलीमा एकजना गुरुवा मादल बजाउने, मञ्जिरा बनाउने, मुंग्रो समातेर नाच्ने युवाको समूह सँगै द्रोपतीको भेष धारण गरी नाच्ने युवतीको समूह रहने गर्दछ।
थारु समुदायको यस सामुहिक लोक नृत्यमा एक जना हाँस्यव्यंग गर्ने व्यक्ति पनि रहने गर्दछन। जसलाई थारु भाषामा ‘सोङग्या’ भन्ने गरिन्छ।
नृत्य भइरहेका बेला भवितव्यबाट बचाउनका लागि गुरुवाले निश्चित घेरा तोकी त्यसभित्र साजल पानी छर्कने गर्दछन। यस नृत्यमा पाण्डको युद्ध गाथाको वर्णन हुने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का वडका गुरुवा फुलराम चौधरीले बताए। यो नृत्य परम्परागत कालदेखि चल्दै आएको छ उनले भने, ‘नृत्य आयोजन गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाडदै आएका थिए। हाल युवाले अन्य जिल्लाबाट यस नृत्यबारे सिकेर जगेर्ना गर्नमा जुटेका छन।’
नृत्यमण्डलीमा रहने गुरुवा (तान्त्रिक) ले परम्परागत विधिद्बारा नाचको प्रारम्भ गर्ने र पूजा विधि द्बारानै समापन गर्ने गर्दछन। थारु समुदायका कैलाली, कञ्चनपुरका पुराना बस्तीमा यस नाचको लोकप्रियता बढ्दो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।