|

लखनउ : भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवेमा सोमवार बिहानै एउटा बस दुर्घटनामा परेको छ । बिहान साढे ४ बजे अनियन्त्रित भएर एउटा यात्रु बस नालीमा खस्दा कम्तीमा पनि २९ जनाको ज्यान गएको छ।

यो दुर्घटनामा कम्तीमा पनि २० यात्रु घाइते भएका छन्। घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटना आगराबाट ३१ किमी टाढा चौगान गाउँ नजिकै भएको हो । 

आगराका एसएसपी बबलु कुमारका अनुसार युपी रोडवेजको 'जनरथ सेवा' बस लखनऊबाट दिल्ली जाने क्रममा दुर्घटनामा परेको हो । 

हालसम्म दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । उद्धार कार्य अहिले पनि जारी छ। आगराका जिल्ला प्रमुख रवि कुमारका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। बसमा करिब ५० यात्रु सवार थिए। 

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले अधिकारीहरूलाई पीडितका लागि हरसम्भव सहयोग गर्न निर्देशन दिएका छन्। रोडवेजले मृतकका परिवारलालाई ५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.