|

काठमाडौं : लक्ष्मी पोखरेलद्वारा लिखित स्व. प्रेमनाथ शर्माको जिवनीमा आधारित अनुभवको संगालो  “व्यक्ति एक विशेषता अनेक श्री प्रेमनाथ शर्मा” नामक पुस्तकको विमोचन  भएको छ। पूर्वसमामुख श्री दमननाथ ढुङ्गानाको प्रमुख आथित्य एवं पर्सा मिलन केन्द्र काठमाण्डौंको अध्यक्ष श्री रत्न लक्ष्मी श्रेष्ठको सभापतित्वमा पुस्तक विमोचन भएको हो।

कार्यक्रमको क्रममा प्रेमनाथ शर्माज्यूको तस्विरमा माल्यार्पण गरी १ मिनेट मौन धारण गर्दै स्व. प्रेमनाथ शर्माको आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दै श्रदान्जली अर्पण गरिएको थियो।

नेपाल नेत्रज्योति संघका अध्यक्ष डा. तिर्थ मिश्र एवं मोरङ्ग समाजका अध्यक्ष  कृष्ण मुरारी कोइरालाले स्व. प्रेमनाथ शर्माले आफ्नो जिवनमा सामाजिक, राजनितिक र कानुनी क्षेत्रमा पुर्‍याउनु भएको योगदानको बारेमा चर्चा गर्दै लेखिकालाई वधाई तथा शुभकामना प्रदान गरे।

प्रमुख अतिथी ढुङ्गानाले शर्माले पार्टीको लागि बिताएका जेलजिवनका क्षण बारेमा चर्चा गरेका थिए। शर्माको पार्टीप्रतिको समर्पण, साथै पार्टीबाट कुनै पनि मूल्याङ्कन नभएको धारणना व्यक्त गरे।

कार्यक्रममा भू–पूर्व अर्थमन्त्री नेपाली कांग्रेसका नेता महेश आचार्यले शर्माले पार्टीलाई पुर्‍याएको योगदान बारे चर्चा गरे।'परिवारको साँघुरो परिधिका दायित्व निर्वाह गर्न यदाकदा चुके झै देखिएपनि उहाँ राष्ट्र, पार्टी र प्रजातन्त्र प्रतिको कर्तव्यमा कहिले चुक्नु भएन', उनले भने,' पार्टीमा जुन स्थान हुनुपर्ने सो कहाँ बाट कसरी चुक्यो प्रश्न गरे।'

लेखिका पोखरेलले आफुले ससुरा प्रेमनाथ शर्मा र सासु भुवनेश्वरी पोखरेल जिवितै रहदै यो पुस्तक  'व्यक्ति एक विशेषता अनेक श्री प्रेमनाथ शर्मा' प्रकाशन गर्ने प्रयास गर्दागर्दै आफु सफल हुन नसकेकोमा दुःख व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.