|

विराटनगर : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति एक शिशु चोरी भएको छ।

प्रतिष्ठानबाट १३ दिने शिशु चोरी गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बू बिक रहेका छन्। शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो। उनीहरूविरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी दर्ता भएको छ। बच्चा जन्मिएलगत्तै वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर उनीहरूले बच्चा चोरी गरेको पाइएको प्रहरीको भनाइ छ।

लिला विकका श्रीमान् भारतको दिल्ली बस्दै आएको बताइएको छ। नवजात शिशुलाई उनीहरूले भारतको दिल्ली लैजाने तयारी गरेका थिए। लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरणशैलीमा चोरी गरेर लगेको प्रहरीको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। अनुसन्धानको क्रममा पक्राउ परेकी लिलाले आफू पाल्नका लागि लगेको बयान क्रममा प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा हो। बबिताले गत असार १३ गते छोराको जन्म दिएकी थिइन्। आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको वार्डमा नै राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ।

लिला विक वार्डमा कुरुवाजस्तो भएर बस्दै आएकी थिइन्। राति वार्डका सबै निदाएको बेला बच्चा चोरी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.