|

काठमाडौँ : त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत १५ देखि जेठ १५ सम्म देशभर सञ्चालन गरेको सानसुई नयाँ वर्ष ग्रान्ड अफर अन्तरगतका विजेतालाई पुरस्कार वितरण गरेको छ । 

ग्राहक योजना अन्तर्गत सान्सुई को टिभी, फ्रिज, वासिङ्ग मेसिन लगायत सान्सुई ब्राण्डको कुनै पनि सामानको खरिदमा लक्की ड्रकुपन प्रदान गरि तीमध्ये लक्की ड्रकार्यक्रममार्फत गत असार १७ गते विजेता घोषणा गरिएको थियो।

विजेताहरुलाई बिहीबार लाजिम्पाटस्थित होटल एम्बासडरमा एक कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार प्रथम पुस्कार तपत बहादुर विष्ट २७५४ न्यू श्री कुञ्ज ट्रेडर्स, कैलाली, दुबई भ्रमणको दोश्रो पुरस्कार फैयाज अहमद १५७२६ स्मार्ट पावर सिस्टम, कालिमाटीलाई सानसुईको ५५ इन्चको स्मार्ट एलइडी टिभी र तेश्रो पुरस्कार निशा विष्ट ४४० टिभी हाउस, नेपालगञ्जलाई १७० लिटरको सानसुई रेफ्रिजे्रेटर प्रदान गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.