काभ्रे : अविरल वर्षका कारण बनेपा नगरपालिका-३ चुनातालमामा भूकम्पले क्षति पुर्याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी छन्।
दंगालको परिवारमा सात सदस्य थिए। एकजना सुत्केरीसहितको उक्त परिवारका तीनजनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको छ। त्यस्तै थप दुईजना पुरिएको आशंकामा उद्वार कार्य जारी रहेको स्थानीय समाजसेवी प्रल्हाद हुमागाईंले जानकारी दिए।
वर्षाकै कारण काभ्रे जिल्लाका विकट क्षेत्रहरु कोशिपारि, डाँडापारि, रोशी क्षेत्र, तेमाल भेग लगायतका ग्रामीण सडकहरु पूर्णरूपमा बन्द भएका छन्। भौगोलिक विकटताका कारण उक्त क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।