|

मुगु : छायानाथ रारा नगरपालिकाभित्रका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रावृत्रि सहयोग गरिएको छ। छायानाथ रारा नगरपालिको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न, पिछडिएका, एक महिला, दलित समुदायका ५ जना विद्यार्थीलाई छात्रावृत्ति सहयोग गरिएको हो।

विकट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउन र  छायानाथ रारा नगरपालिका लाई शिक्षा, स्वास्वस्थ्यमा  पहुँच बढाउन नगरपालीकाले  छात्रावृत्ति कार्यक्रम ल्याएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।

आर्थिक वर्ष ०७४/७५ बाट छात्रावृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएको नगर प्रमुख हरिजंग शाहीले बताए। उनका अनुसार उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्र रहेका विपन्न दलित, गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी छात्रावृत्ति सहयोग गर्दै आएको बताए।

 यो आर्थिक वर्ष २०७५/७६मा पनी छात्रावृत्ति कार्यक्रमलाई निरन्तता दि ईछात्रावत्ति सहयोग गर्दै आएका नगर प्रमुख शाहीको भनाइ छ।

छात्रावृत्ति पाउने  बिद्यार्थी मध्ये २ जना बंगलादेश डाक्टर पढ्दै आएका र ३ जना नेपालमा राम्रो विषय लिएर पढ्दै गरेका छन्।

१० लाख विनियोजन

उनीहरुको पढाई खर्चमा राहतस्वरूप  अघिल्लो आर्धिक वर्षमा ८ लाख रकम विनियोजित गरेका र यो वर्ष १० प्रतिशत वृद्धि गरी १० लाख विनियोजित गरिएको नगरपालिकाले जनाएको छ।

विनियोजित रकममध्ये  बङ्गगलादेशमा एमबिबिएस डेन्टल डाक्टर पढ्दै आएका छायानाथ रारा नगरपालिका-५ का  देविकृष्ण विकलाई ४ लाख, त्यस्तै बंगलादेशमा एमबिबिएस पढ्दै आएका छायानाथ रारा नगरपालिका-१ की कामना मल्ललाई  २ लाख र  जेलमा रहेर पनि पढ्ने इच्छा व्‍यक्त गरका नेपालगञ्ज बहुमुखी क्याम्समा

बिबिएसमा अध्यनरत वडा नं ५ का  धर्मराज विकलाई ५० हजार, मध्यपश्चिम विश्व विद्यालयमा बिएससी  तेस्रो वर्षमा   अध्यनरत १३ नम्बर वडाका विक्रम खड्का लाई ५० हजार र  वडा नं १३ कै  मेघा कलेजमा अध्यनरत धमेन्द्र विकलाई ५० हजार गरी १० लाख  छात्रावृत्ति रकम सहयोग गरीएको हो।

छायानाथ रारा नगरपालिकाभित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका बिद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेका नगरपालीकाले यो कार्यक्रम लाई  निरन्तरता दिदै जाने नगरप्रमुख शाहीले बताए।

सोच्दै नसोचेको कल्पना पूरा

छात्रावृत्ति सहयोग ग्रहण गर्दै बंगलादेशमा एमबिबिएस पढ्दै आएका देविकृष्णका बुबा काला विकले  छात्रावृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पूरा भएको बताए। 'आर्थिक अवस्था नाजुक खानलाउन नपुग्ने, ज्याला मजदुरी गर्दै आएको गरिब दलित मान्छेले छोरालाई कसरी डाक्टर पढाउने भनेर कल्पनामै थिएन' उनले भने। नगरपालिकाले सहयोग गरेर छोरालाई डाक्टर पढाउन पाउँदा गौरवान्वित भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.