|

काठमाडौं  : केही दिनयता मनसुन सक्रिय भएपछि देशका मध्य र पूर्वी क्षेत्रमा निरन्तर पानी परिरहेको छ। देशका पश्चिमी क्षेत्रमा पनि पानी पर्ने क्रम बढ्दै गएको छ। देशभरका प्रायः ठाउँमा मौसम बदलीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी आइतबारसम्म देशभर भारी वर्षा हुने विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि शुक्रबार रातिदेखि नै हावाहुरीसहित भीषण वर्षा भएको छ। वर्षाले जनजीवन प्रभावित बनाउनुका साथै कलंकीमा बस्तीमै बाढी पसेको छ। त्यस्तै कुलेश्वरको ओरेन्टियल कोलोनीसहित आसापासका क्षेत्रमा जलमग्‍न भएको छ।

कुलेश्वरमा रहेका कुलेश्वर अपार्टमेन्ट, म्याट्रो अपार्टमेन्ट र  ओरियन्टल कोलोनी डुबानमा परेपछि नेपाली सेनाले रबर बोट (डुङ्गा) लगेर स्थानीयबासीको उद्धार गरिरहेको छ।

त्यस्तै मूलपानीमा पर्खाल भत्केर तीनजनाको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोमा परी ज्‍यान गुमाउनेहरूप्रति दुख व्‍यक्त गर्नुका साथै उद्धार कार्य जारी रहेको बताएका छन्।

वर्षाका बवजुद काठमाडौं उपत्यकामा आ-आफ्नै गन्तव्‍यमा लागेकाहरूको केही दृश्‍य झलक :

 जब रिसाएको खोलो कलंकीमा पस्यो  (फोटो फिचर) 
 

बाढी-पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.