स्याङ्जामा भेटियो चोरी भएको बच्चा

|
सुत्केरी श्रीमती कुरेर बसेका श्रीमान् किसान राना

पाल्पा : शुक्रबार रातको १०:३० बजेको थियो। जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्विनी मेडिकल कलेजको प्रसूति वार्डअन्तर्गत ६३ नम्बरको बेडमा एकजना महिला सुतिरहेकी थिइन्।

उनका श्रीमानले कुरिरहेका थिए। अर्को ७४ नम्बरको बेडमा एउटा बूढीआमा पल्टिरहेकी थिइन्। उनीहरूमध्ये एकजना बिहान सुत्केरी भएकी तानसेन नगरपालिका–९ डाँडाडुमको तिलाहारकी २२ वर्षकी जमुना राना, उनका श्रीमान् किसान राना र जमुनाकी आमा ईश्वरी गाहा थिए।

जब थाहा खबरका सम्वाददाता कापी, कलम र क्यामेरासहित त्यहाँ पुगे, मलीन अनुहारमा रहेका श्रीमान किसान र पल्लो बेडमा पल्टिरहेकी आमा उठिन् तर जमुना अर्धचेत अवस्थामै निदाइरहेकी थिइन्। एकजना नर्सले उनको रेखदेख गरेको पाइन्थ्यो।

बच्चासँगै खुसी हरायो

शुक्रबार बिहान ११:५६ मा छोरा जन्मियो। जमुना बिहान साढे ९ बजे भर्ना भएकी थिइन्। जुनबेला त्यो परिवारमा खुसीको सीमा नै रहेन। तर त्यो खुसी चार घण्टामै खोसियो। अझै जन्म दिएकी आमाले त झन छोरा कस्तो जन्माए भनेर देख्नसमेत पाइनन्। उनी होसमा आउँदा बच्चा नै गायव भएको थियो।

सुत्केरीकी आमा ईश्वरी गाहाछोरा हरायो भन्ने खबर पाएकी सुत्केरी आमालाई चिन्ताको व्यथाले झन् चाप्यो। उनी अझै बेहोस भइन्। सुत्केरी अवस्थामा रहेकी जमुना राति ११ बजेसम्म राम्रोसँग होसमा आएकी थिइनन्। 
जमुनालाई कुरिरहेका श्रीमान किसानले आफू शौचालयमा गएको समयमा छोरा हराएको बताए। 'उता पल्लो बेड अर्थात् ७४ नम्बर बेडमा सासूआमाले बाबुलाई हेरिरहनुभएको थियो' उनले भने, 'म यता सुत्केरी आमालाई हेरिरहेको थिएँ। केही समयमा म शौचालय गएँ।

आउँदा सासुआमा र बाबु त्यहाँ थिएनन्। पछि ज्वानोको झोल लिएर आमा आउनुभयो तर बाबुलाई ल्याएको मैले देखिनँ।' धेरै सयमसम्म पनि बाबुलाई कसैले नल्याएपछि कहाँ कसले लग्यो भनेर खोज्न थालियो। नभेटिएपछि हल्ला भयो अन्ततः बच्चा कसैले लगिसकेको रहेछ उनले भने। 

पल्लो बेडमा सुतिरहेकी सासूआमालाई देखाउँदै अब बाँकी कुरा आमालाई सोध्नुस्। राम्रोसँग जवाफ दिन नसकेका किसानले आँखाको गहभरी आँसु लिएर अर्धचेत अवस्थामा पल्टिरहेकी श्रीमतीलाई हेर्दै भने, 'छोरो हरायो सबै खुसी नै हरायो अब हाम्रो। श्रीमतीलाई सन्चो भइदिए बाँकी खुसी त्यही हो मेरो' उनले थपे। 

अपरिचित महिलाले झुक्याएर लगिन् नवजात शिशु 

वृद्ध अवस्थामा रहेकी जमुनाकी आमा ईश्वरी गाहाले भनिन्, 'राम्रोसँग हेर्न नपाउँदै नाति हरायो। नाति जन्मेको देख्नेबित्तिकै एकजना नचिनेको महिला मसँग आइन् उनले भनिन् कति राम्रो बाबु हो भन्दै धेरै बखान गरिन् नातिको।

ती महिलाले यो नाति मलाई दिनुस्  भनेको पनि उनले सुनाइन्। अझै ती अपरिचित महिलाले भनिन् आमा सानै र नसक्ने रहिछन् पाल्न गाह्रो हुन्छ यो बाबु कसैलाई दिए हुन्छ।

तर, हाम्रो नाति किन हो तपाईंलाई दिने भनेर जवाफ ईश्वरीले दिएकी थिइन्। त्यसपछि अपरिचित महिलाले विभिन्न बहाना बनाएको पाइयो। त्यो बहानाले बच्चा लैजान सफल भइन्। त्यहा काम गर्ने सिस्टरले सुत्केरी आमालाई ज्वानोको झोल लिन भनिन्।

ईश्वरी नातिलाई त्यही बेडमा सुतााएर अस्पतालकै क्यान्टीनमा ज्वानोको झोल लिन जान थालिन्। तर अपरिचित महिलाले बाबुलाई एक्लै यहाँ नछाड्नुस्, बरु मैले काखमा लिएर तपाइसँगै जान्छु नि भनिन् र सँगै लिएर क्याण्टिनसम्म पुगिन्। क्याण्टिनमा ज्वानोको झोल किनेको ३० रुपयाँ पैसासमेत तिनै अपरिचित महिलाले तिरिदिइन्। र भनिन् तपाईं ज्वानोको झोल लिएर हिड्नुस् म बाबुलाई लिएर आउँछु। 

गाहा सरासर सुत्केरी छोरी भएको हस्पिटलको माथिल्लो तलातर्फ लागिन् तर ती अपरिचित महिला गेट आइनन्। उनी गेटबाहिर लागिछन्। झण्डै आधाघण्टासम्म बच्चा नआएपछि गाहाले नै नातिको खोजी गरिन् पाइनन्। अनि अरू सबैलाई सुनाइन्।

दिउँसोको करिब साढे तीन बजेतिर हराएको बच्चाको चारबजेतिर खोजी भयो। यद्यपि बच्चा नपाइएको उनले बताइन्। सबैले बच्चाकोलाई यताउता हेरे तर देखेनन्। त्यसपछि प्रहरीलाई गरियो। 

 बच्चा हराउनु दुखद : अस्पताल प्रशासन

लुम्विनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेलले यसरी हस्पीटल भित्रैबाट दिनदाहाडै बच्चा हराएको घट्नाले आफूलाई अचम्म र दुःख लागेको बताए। यो घट्नाले चुनौती थपिएको छ।

नवजात शिशु हराएपछि पीर मान्दै ईश्वरी गाहाघट्नाबारे हामीहरूले पनि अनुसन्धान गर्छौं उनले भने लापरबाही गरेका कर्मचारीलाई कारबाहीसमेत गर्छौं। तर कर्मचारीको बचाउ भने उनले गरेका छन्। यो घटना भएको समय बिरामी भेट्न आउने जाने गर्ने समय हो। आफैँ कुरुवाले पनि ख्याल गर्नुपर्ने थियो। यो घट्ना सुनियोजित भएको उनको दाबी छ।  

को थिइन् ती अपरिचित महिला?

बागलुङ खरबाङकी लीला रानाले बिहीबार बिहानैदेखि उनलाई देखेकी थिइन्। लीला पनि आफ्नी देउरानीलाई सुत्केरी बनाउनको लागि लुम्विनी मेडिकल कलेज आएकी थिइन्।

उनको देउरानीले छोरा पाएको देखेपछि ती अपरिचित महिलाले धेरै प्रशंसा गरेको लिलाले बताइन्। पछि उनलाई घर कहाँ हो भनेर सोधे लीलाले भनिन् घर बुटवल हो यहाँ नियमित औषधि खानुपर्ने भएकीले आएको हो भन्ने जवाफ ती महिलाले दिइन्।

ती महिलाले म एक्लै भन्ने थाहा पाएपछि मैले तिमीलाई सहयोग गर्छु भन्ने आश्वासन समेतको लिलाले बताइन्। देउरानीको छोरो समेत एकछिन ती महिलाले काखमा राखेकी थिइन्। लिलाका अनुसार अर्को दिन ती महिला जमुनाकै साइडमा रहेको वेडमा दिनभर सुतेकी थिइन्। पछि बच्चा लिएर गइछन्। 

रातो सुरुवाल र पहेलो कुर्ता लगाएकी र हातमा व्याग लिएकी अन्दाजी  ४५ वर्षकी ति महिला बजारीया परिवेशकी देखिएको लिलाको भनाई छ।
 दिनदाहाडै हस्पिटलबाट बच्चा हराएको खबरले यहाँ भएको अन्य विरामी र कुरुवासमेत आश्चर्य चकित परे। यो हस्पीटल प्रशासनको लापरवाही भएको गोविन्द भण्डारीले बताए। 

अस्पताल प्रशासन दोषी हो : प्रहरी

यो घट्नाको मुख्य दोषी हस्पीटल प्रशासन हो। साथै स्वयम् परिवारको पनि हो। बच्चा हराएको समयमै खबर पाएको भए तुरुन्तै पत्ता लाग्न सक्ने थियो जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले भने।

साढे तीन बजेको घट्ना भए पनि आफुहरूलाई बेलुकी पाँच बजे खबर भएको छ। यद्यपि थाहा पाएलगत्तै प्रहरी उपरीक्षक दिपेन्द्र जिसीकै नेतृत्वमा सुरक्षाकर्मीको टोली लुम्विनी मेडिकल कलेज पुगेका थियौं।

स्याङ्जामा भेटियो बच्चा

हस्पिटलबाट हराएको बच्चा स्याङ्जामा भेटिएको छ। स्याङ्जाबाट प्रहरीले बच्चा चोरेर भाग्‍ने महिलासहित बच्चालाई पाल्पा लिएर आउँदै छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बच्चा लिएर भागिसकेकी महिलालाई प्रहरीले  विशेष सुरक्षाटोली परिचालन गरेर खोजी गरिरहेको थियो। होटलको एउटा सिसी क्यामेरामा फुटेजका आधारमा ती महिलालाई पक्राउ गर्न सहज भएको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.