|

रुकुम : बुढापाकाले भन्ने गर्छन्, ‘भाले बासे सुत्नु कति, ६० पुगे बाँच्नु कति, हामी त डुब्नै लागेका घाम हौं।’ किनकि जसरी बिहान सूर्योदय भएर करिब १२ घण्टा पृथ्विमा सूर्यको प्रकाश रहन्छ तर डुब्नै लागेका घामको समय निकै छोटो एकदुई मिनेटको हुन्छ अनि एकैछिनमा अध्याँरो हुन्छ। सूर्योदयले नयाँ किरणसँगै सबैलाई बिहानीको संकेत गर्छ भने सूर्यास्तले साँझको।

सूर्यदय र सूर्यास्तको अवस्थालाई पर्यटन गन्तव्‍यको रूपमा पनि लिइन्छ। नेपाल तथा विदेशका पनि धेरै ठाउँमा सूर्योदय हुँदाको दृष्य हेरेर आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउँछन्। हिजोआज वर्षातको समय छ, प्रायः पानी पर्ने, बदली हुने र कुहिरोलेले सूर्य ढाक्ने गर्दछ।

तर, पानी परेपछि घाम लाग्दा हरियाली डाँडाकाँडाको सफा दृश्‍य पनि सबैको रोजाइमा पर्छ। त्यस्तै सूर्यास्त तथा गोधुँली साँझको प्रकृति पनि धेरैको रोजाइमा पर्छ। हेर्नुहोस रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३, थुमचौरबाट देखिएको केही सूर्यास्तको रमणीय दृश्‍य :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.