|

मुगु : साउने सक्रान्ती पर्व नजिकिदै गर्दा मुगु सदरमुकम गमगढी बजारमा चहलपहल बढेको छ। साउने सक्रान्ती आउन  १ दिन बाँकी छदा साउने सक्रान्तीका लागि चाहिने सामान, लत्ताकपडा, खाद्यान्न सामग्री किनमेल तथा बिक्री गर्नेको भीड बढेको हो।

सामान लत्ताकपडा खाद्यान्न सामग्री किनमेल तथा बिक्री वितरणका लागि मुगुको एक मात्र व्यापारिक केन्द मुगु सदरमुकाम गमगढीमा सामान किनमेल गर्न यतिबेला गाउँगाउँबाट स्थानीय उपभोक्ता गमगढी बजार आएका छन्।

साउने सक्रान्तिको दिन महिनाभरि हिलोमा पसेर खोतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा, लुतो आदि आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी यस दिन लुतो फाल्ने पनि गरिन्छ।

गाउँघरमा  साउन एक गतेका दिन साँझ अगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाई ‘लुतो लैजाउ’ भनी अगुल्टो फ्याक्ने गरिन्छ।

त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाएर त्यसको मलम बनाएर लगाउने चलन छ। शहर बजारतिर भने छोरीबेटीहरूलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने गरिन्छ। साउन महिनाभरि पार्वतीले ब्रत बसी महादेव पति पाएकाले हिन्दू महिलाहरू लागि यो महिना पवित्र मानिन्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.