|

इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘सङ्गठित प्रयास’ को आवश्यकताप्रति रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँ सहमत भएका छन्।

इरानसँग विश्वका शक्ति राष्ट्रहरू, अमेरिका, बेलायत, रूस, चीन, जर्मनी र फ्रान्सका साथै यूरोपेली संघले गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको र यसका कारण अमेरिका र इरानबीच बढेको तनावका कारण इरानले पनि सम्झौताबाट फिर्ता हुनेगरी लिनसक्ने घातक निर्णय विश्व समुदायको हितमा नहुने भन्दै सम्झौतालाई जोगाउने विषयमा सङ्गठितरूपमा लाग्नुपर्नेमा उनीहरूबीच सहमति भएको हो।

पुटिन र म्याक्रोँबीच भएको फोन वार्तामा इरानसँगको आणविक सम्झौता भनेर चिनिने ‘संयुक्त बृहद् कार्यक्रम’ मध्यपूर्वको सुरक्षा र गैर–आणविक शासन स्थापनार्थ महत्वपूर्ण माध्यम भएकोमा दुवै नेताको ठहर रहेको छ, रूसी प्रशासनिक केन्द्र क्रेमलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबीच आणविक कार्यक्रमलाई जोगाउन चाहने सबै राष्ट्रहरूबीच सङ्गठित तथा सल्लाह गर्न आवश्यक पहल गरिनुपर्नेमा जोड भएको छ।‘

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्षदेखि यसबाट फर्केको साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए। ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दवाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा भएको छ।

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.