|

सिरहा : जिल्लाको दक्षिणी सीमावर्ती सिरहा नगरपालिका १७ माडरबाट सशस्त्र प्रहरीले चेक जाँचको क्रममा उदयपुरका तीन जना युवालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका १ का १७ वर्षीय राहुल घले मगर, २ का २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझी रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले बताए। 

सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार भारतबाट पैदल आउँदै गरेका तीन जनालाई शंका लागेर चेकपोष्टमा शुक्रबार साँझ करिब ७ बजेतिर रोकेर चेकजाँच गर्दा एक सय ट्याब्लेट निट्राजिपाम प्रतिबन्धित लागुऔषध फेला परेको हो।

पक्राउ परेका तीन जनालाई सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टमा राखिएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.