|

गुल्मी : आर्थिक वर्ष २०७५/०७६ मा गुल्मीमा सवारी दुर्घटनामा परी मृत्यु हनेको संख्या १९ जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

कार्यालयका अनुसार २०७५ साल साउनमा ट्याक्टर दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ। यस्तै, भदौमा  दुईजनाको मृत्यु भयो जसमा एक जना महिलाको जीप र एक जना पुरुषको ट्रयाक्टर दुर्घटनामा मृत्यु भयो।

असोजमा दूई जना पुरुषको जीप दुर्घटनामा मुत्यु भयो भने  कार्तिकमा एकजना महिलाको मोटरसाइकल दुर्घटनामा र एक जना पुरुषको जीप दुर्घटनामा मृत्यु भएको कार्यालयले जनाएको छ।

यस्तै, मंसिरमा भने एउटा जीप दुर्घटना भए पनि मानवीय क्षति नभएको पनि पुसमा ट्याक्टर  दुर्घटनामा एक ९ वर्षीय बालिकाको मृत्यु भयो। माघमा जीप दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको तथ्याकंमा रहेको छ।

यस्तै, चैत महिनामा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाए। जसमा दुईजनाको मोटरसाइकलमा र दुई जनाको जीप दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका कम्प्युटर अपरेटर देबीप्रसाल पौडेलले बताए। 

यस्तै, बैशाखमा जीप दुर्घटनामा एक जान पूरुषको मृत्यु भयो भने जेठ महिना ट्र्याक्टर दुर्घटनामा चार जनाको  मृत्यु भयो। ट्याक्टर दुर्घटनामा तीनजान पुरुष र एकजना बालकको मृत्यु भएको हो। यस्तै असारमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय  गुल्मीले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा  कुल  २९ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यलयको तथ्यांकमा उल्लेख छ। जसमा बस एक, जीप कार १२, ट्रयाक्टर १० र मोटरसाइकल छवटा दुर्घटनामा परेका छन्।

यस्तै, आर्थिक बर्ष २०७४/७५ मा जम्मा १७ सवारी दुर्घटनामा परे जसमा एक डोजर, बस दुई, जीप तथा कार सात, ट्याक्टर पाँच र मोटरसाइकल पाँच वटा दुर्घटनामा परे जसका कारण १९ जनाको मुत्यु भयो १४ जना पुरुष र पाँच जना महिलाको मृत्यु भएको कार्यालयले जनाएको छ।

३९ लाख राजस्व संकलन

आर्थिक वर्ष २०७५/७६मा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनबाट कुल ३९ लाख सात हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ।  जसमा नियम उल्लंघन गर्ने ४४७ ट्रकबाट तीन लाख सात हजार  पाँच सय रुपैयाँ, ४०७ बसको कारबाहीबाट एक लाख ३४ हजार ५०० रुपैयाँ, २ हजार ४०५ जीप कारको कारबाहीबाट १३ लाख ६५ हजार रुपैयाँ, ३११ ट्याक्टर कारबाहीबाट एक लाख ७४ हजार ५०० रुपैया, दुई हजार ७८९ मोटरसाइकल कारवाहीमा १८ लाख ४७ हजार ५०० रुपैयाँ गरी कुल छ हजार ३८९ सवारी साधनको कारबाहीबाट ३९ लाख सात हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.