|

अहिले सिंहदरबारको पूर्वी गेटभन्दा ५० मिटर माथि (अनामनगरतर्फ)  करिब सय मिटर क्षेत्र खतरा रहेको छ। असार अन्तिम साता आएको वर्षाका कारण पर्खाल भत्किएको हो थप भत्कन सक्ने देखेर मानवीय क्षति नहोस् भनेर होला छेकबार लगाइएको छ। (प्राकृतिक विपत्ति रोकेर रोकिने कुरै भएन!)

असार अन्तमि साता अर्थात् सबैभन्दा धेरै विकासको काम गरिने दिनहरू त्यसैले सिंहदरबारको भत्किएको पर्खाल पनि हतारहतार बनाउन सुरु गरिएको थियो। तर, साउन पहिलो साता सायद सबैभन्दा कम विकास हुने दिन होला साउन लागेपछि भने छेकबार गरिएको त्यो पर्खाल बनाएको मैले देखेको छैन। मैले नदेखेको पनि हुन सक्छु। 

टाउकै दुख्‍नेगरी दुर्गन्ध

बिहीबार बेलुका सदाभन्दा अलि छिटो अफिसबाट रुमतर्फ जौँदै थिएँ। मेरो नियमित पैदल रुट हो (माइतीघर-रातो भाले- हनुमानस्थान हुँदै अनामनगर चोक)। खतराको क्षेत्र हतारहतार पार गर्दै थिएँ। मास्क नलगाई हिँड्ने म हिँड्दै गर्दा टाउको नै दुख्‍नेगरी दुर्गन्ध आयो खतराको क्षेत्रमा खप्‍न नसकिने दुर्गन्ध दिनभरिको कामले थकित भएर पनि दौडन बाध्य भएँ।

शुक्रबार बिहान अफिस आउँदा त्यो बाटो हिँडिनँ। बेलुका जाँदा बिर्सिएँछु त्यही बाटो हिँडे फेरि उस्तै अवस्था भोग्‍नुपर्‍यो। शनिबार बिहान पनि फेरि बिर्सिएँछु त्यही बाटो हिँडे थप समस्या भयो।

प्रधानमन्त्रीलाई जिस्काउनेहरू त मास्क लगाएर हिँड्छन् होला म चाहिँ लगाउँदिनँ त्यसकारण पनि मैले बढी समस्या भोगेजस्तो लाग्यो। दुर्गन्ध घटाउन सक्ने थिएन। हतारहतार पूर्वीगेटनेर आइपुगेको थिएँ त्यहाँ पुगेर बिग्रिएको मोबाइलको क्यामेराबाट फोटो खिचेँ।

म जस्तै दैनिक हजार बढी व्यक्ति त्यो बाटो पैदल हिँड्छन् होला सायद तिनीहरूले पनि त्यस्तो समस्या भोगेका होलान्। शनिबार अफिस आउने बेला भने खतराको क्षेत्रमा म जस्तै हतारमा हिँड्ने तीनजनाको अर्को एउटा टोली थियो।

म त एक्लै बोल्ने कुरा भएन। उनीहरू भने बोल्दै थिए। तीनैमध्येका एकजनाले भन्दै थिए ‘सरकार हाम्रो भन्‍न पनि लाज लाग्‍ने अवस्था भयो’ सायद नेकपाको कार्यकर्ता थिए होला तर मास्क भने लगाएका थिए। हुन त दैलोमा ठेस लागेर मर्दा पनि सरकारलाई दोष दिने कतिको बानी हुन्छ।

मलाई पनि लाग्यो यतिका दिनमसम्म किन यो मरेको बिरालो फालिँदैन होला। अहिले सरकारलाई विभिन्न बहानामा जिस्काउने काम गरिएको छ वा झुक्याउने काम पनि हुने गरेको छ। पानीजहाज आउनेछ भन्दा कागजको पानीजहाहज बनाएर जिस्काउने। विषादी परीक्षण गर्ने सबालमा पूर्वाधार बनेको छैन भन्ने कुरा थाहा नदिएर झुक्याउने काम भएकै छ। कतै, सोचै कुनै विरोधीले यस्तो काम त गरेको छैन।

असार २० गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराही भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो (प्रधानमन्त्री) को रिसको कारणले भए पनि मास्क लगाएर हिँड्ने गरेको बताएका थिए।

प्रधानमन्त्रीको यो भनाइपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका धारणा आएका थिए। मास्क नलागउने कतिले सामूहिक मास्क लगाएको तस्बिर खिचाएर प्रचार गरिरहेका थिए।  म कार्यरत (thahakhabar.com) का प्रधान सम्पादक तीर्थ कोइराला सरको फेस बुकमा व्यंग्य थियो 'बर्खा लागेर मास्कको व्यापार घट्न लागेको बेला राजनीतिले ह्वात्तै बढाउने भो ! साथी त विरोध जनाउन सुत्दा पनि लाउने कुरा पो गर्छन्।'

कतिपयले चोकचोकमा मास्क लगाएका ट्राफिकको फोटा पोष्टाएर सरकारको सरकार विरोध ट्राफिक भन्दै व्यंग्‍य गरे। कम ट्वीट चलाउने मैले पनि ट्वीटमा लेखेको थिए कहिले मास्क नलगाएर प्रधानमन्त्रीले मेरो मान्छे चाहिँ भनेका छैनन्!

सरकारले भनेको काम पूरा गरेको छैन भनेर मास्क लगाएर विरोध गर्नेले त्यो बिरालो उठाउन नदिएको हो वा। प्रधानमन्त्रीलाई अपजस खुवाउन अलिदिन कुहाइएको हो थाहा भएन। सिंहदरबार अगाडि बिरालो कुहिएको भए पनि चोकचोकमा बिरालो, कुकुर वा मुसो एक हप्तासम्म कुहुने गरेका हुन्छन्।

सिंहदरबार बाहिर नियमित सरसफाइ गरिन्छ आजभोलि अलि बढी पानी परेको बेला सफा गर्नुपर्दैन भनेर नगरेको भए त थाहा भएन तर अलिअघि म बिहान सवा ६ बजे त्यो बाटोमा हिँड्दा मास्क लगाएर सरसफाइ गरको देखिरहन्थे। नियमित सडक सफाइ गर्दा तीन चार दिनसमसम कुहिएको सडक पूर्ण दुर्गन्धित बनाएका जनावर नफालिनुलाई प्रधानमन्त्री वा सरलाई जिस्काउन वा सरकारलाई जिस्काउनका लागि राखिरहिएको त हैन शंका गर्ने ठाउँ रहन्छ।

फुटपाथमा खाल्‍डो

त्यति मात्रै हैन सायद काठमाडौंको सबैभन्दा राम्रो सडक तीनकुने माइतीघर सडक होला बीचमा विरुवा सर्वसाधारणलाई हेर्न पर्याप्त फुटपाथ र साइकलको रुट पनि रहेको छ। (माइतीघर बाट बरबरमहल) २०० मिटर जति अघि आउँदा एउटा कुवा जस्तो खाल्डो छ।

पछिल्लो दुई सातादेखि कहिले पानीले भरिएको हुन्छ त कहिले आधा पानी हुन्छ शनिबार दिउँसो आकासबाट पानी परेको छैन त्यो कुवामा आधा पानी छ। आधा पनि हुँदा त ठिकै हो नहरभरि पानी हुँदा र पानी आएको समयमा पानीमा डुबुल्की मार्ने सम्‍भावना धेरै छ।

सर्लाहीमा निर्माण सामग्री निकाल्दा परेको खाल्डोमा परी बच्चाको मृत्य भएको विषयले सडकदेखि सदनसम्म आन्दोलन चलाइरहेका बेला माइतीघरमा एक हप्तासम्म कुवा खनेर धराप थाप्‍नुलाई पनि कसैले सरकारको विरोधमा काम गरेको हो कि भनेर किन शंका नगर्नु?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.