|

स्पेनिस जाइन्ट रियल म्याड्रिड प्रि–सिजन टुरका क्रममा पराजित भएको छ। बेल्जियम फर्वाड इडेन हजार्डलाई रियलले ‘डेब्यु’ गराएपनि उनको डेब्युलाई सुखद बनाउन भने सकेन्।

प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल आइतबार बिहान जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ ले पराजित भयो। अमेरिकास्थित टेक्ससमा भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गर्दा रियलका रोड्रिगोले एक गोल फर्काए।

खेलको १५औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाउँदै रियल माथि दबाब बढाएको थियो। तर पहिलो हाफमा बल पोसेसनमा पकड बनाएपनि थप गोल गर्न भने बार्यन असफल भयो। यद्यपि दोस्रो हाफ उसले थप दुई गोल गर्‍यो। ६७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले अग्रता दोब्बर पार्दा ७०औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दे बार्यनलाई ३–० को अबस्थामा पुर्याए।

८१औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिंदा त्यसको फाइदा रियलले लिन सफल भयो। बायर्नका एसभेन अलरिइच रातो कार्ड खादै मैदानबाट बाहिरिंदा ८५औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए। रोड्रिगोको रियलमा यो  ‘डेब्यु’ गोल हो।

यसै सिजन इंग्लिस क्लब चेल्सीबाट १ सय ५० मिलियन पाउन्डमा ५ वर्षका लागि रियल पुगेका हजार्डले पहिलो रोजाईमा खेलेका थिए। उनलाई दोस्रो हाफको शुरुमै भेनेसियस जुनियरले सब्सटिच्युट गरेका थिए। रियलले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो। च्याम्पियन्स कपमा बायर्नको पहिलो जित हो। बायर्न पहिलो खेलमा आर्सनलसँग २–१ ले पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.