महिनामा एक पटक न्यून शुल्कमा कलेजो प्रत्यारोपण गरिने

|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालको ३७ औँ वार्षिकोउत्सवमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गीले कलेजो प्रत्यारोपणमा ठूलो सफलता मिलेको बताउँदै अब शिक्षण अस्पतालमा महिनामा एक पटक न्यून शुल्कमा कलेजो प्रत्यारोपण नियमित हुने जानकारी दिए। ‘प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको छ, पहिलो चरणमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौँ। जसले गर्दा महंगो शुल्क तिरेर कलेजो उपचार तथा प्रत्यारोपणका लागि विदेश जानु पर्ने बाध्यता हुनेछैन।‘चिकित्सा शिक्षाको नियमका लागि गठित गरिएको चिकित्सा शिक्षा आयोग स्थापना गर्नु अर्थ नभएको विज्ञहरूले बताएका छन्।

वार्षिकोत्सवको अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति प्राडा. तीर्थ खनियाँले यस्तो बताएका हुन्। उनले जुन उद्देश्यले स्थापना गरिएको हो त्यो उद्देश्यले काम नगर्ने भएपछि आयोग गठनको औचित्य भएको नभएको बताए। उनले भने ‘महिनामा एकपटक पनिबैठक बसेको छैन। जसले गर्दा काम नै नगर्ने आयोगको काम छैन।‘ यस्तै अस्पतालको ३७औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्सव अर्थात् विसं २०४० मा आजकै दिनदेखि ३०१ शैय्याबाट सेवा शुरु गरेको अस्पताल हाल ७ सय शैय्यामा विस्तार भएको छ। गत वर्ष अस्पतालको बहिरंग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए।

अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष  १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको छ। अस्पताल अझै ६८ लाख ८९ हजार ३५५ घाटा भएको अस्पतालले जनाएको छ। यद्यपि अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थोपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा भने आत्मनिर्भर बनेको छ।

कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन भइरहेको समेत बताए।

संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ। ती कलेजले शैक्षिक सत्र २०७४/७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालनमा आइओएमले ल्याएको छ।

यस्तै, आइओएमले उपत्यका बाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्ने भावि योजनासमेत अघि सारेको छ। रजिष्ट्रार डिल्लीराम उप्रेतीले संस्थानको क्षमता विस्तार गर्न आवश्यक नीतिगत तथा आर्थिक सहयोग गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.