आँखा स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धी :  प्रधानमन्त्री ओली

|

काठमाडौं : तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को समन्वय केन्द्र घोषण गरिएको छ।

२०५१ सालमा स्थापित तिलगंगा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा सोमबार डब्लुएचओले यस्तो घोषणा गरेको हो। योसँगै नेपालमा दुईवटा स्वास्थ्य संस्था विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रका रुपमा परेका छन्। यसअघि  डब्लूएचओले सार्क क्षयरोग केन्द्रलाई समन्वय केन्द्रको घोषणा गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तिलगंगा आँखा अस्पताललाई ३ वटा विधामा डब्लूएचओको समन्वय केन्द्रको घोषणा गरिएको हो।  जसअन्तर्गत आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान रहेका छन् ।  यी तीनै क्षेत्रमा अझै स्तरोन्‍नति गर्दै लैजाने डब्लूएचओले बताएको छ।

डब्लूएचओका अनुसार आँखा उपचार सेवालाई अझै विशिष्टिकृत गर्दै लगिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले डब्लूएचओको उक्त घोषणालगत्तै  तिलगंगा आँखा अस्पताललाई बधाईसँगै शुभकामना दिए।

तीलगंगा आँखा अस्पतालले  २२ वर्षको अवधिमा झन्डै ४७ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा प्रत्येक दिन २ सय उत्पादन हुँदै आएकोमा हाल १८ सय पुगेको छ । उत्पादित आइएलओ मान्यताप्राप्त लेन्स विश्वका ७० भन्दा बढी देशहरुमा पुगिसकेको अस्पतालले जानकारी दियो। हालसम्म तिलगंगाले ६० लाखभन्दा बढीलाई आँखासम्बन्धी सेवा दिइसकेको छ। 

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा सन्दुक रुइतले प्रतिष्ठानले आँखा स्वास्थ्य सेवामा सबैको पहुँचका लागि काम गरिहेको बताए। उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय समन्वय केन्द्रको मान्यता पाउनुमा सबैको मेहनत रहेको बताए।

रुइतले आँखा स्वास्थ्यमा प्रतिष्ठानले देशदेखि विदेशसम्म सेवा दिइरहेको जानकारी दिए।तिलगंगा आँखा प्रतिष्ठान विश्व स्वास्थ्य संगठनको आँखाको क्षेत्रमा समन्वय केन्द्रको मान्यता पाउने नेपालको पहिलो केन्द्र बनेको छ। हालसम्म  विश्वभरका ८० मुलुकका उत्कृष्ट सेवा प्रदान गरेका ८०० संस्थाले मात्र विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको मान्यता पाएका छन्।

स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धी :  प्रधानमन्त्री

 प्रतिष्ठानको २५ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमै नेपालमा आखाँ उपचारको क्षेत्रमा अन्तराष्ट्रिय सफलता पाउनु नेपालको स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धी भएको बताएका छन्। उनले भने ‘ छोटो समयमा यति ठूलो सफलता पाएर आखाँ स्वास्थ्यको क्षेत्रमा अन्तराष्ट्रिय सफलता  पाउनु हाम्रो लागि गौरवको कुरा हो।‘ साथै प्रधानमन्त्री  ओलीले डा सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको समेत बताए। प्रधानमन्त्री ओलीले  विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।

प्रधानमन्त्री ओलीले भने ‘डा. रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ। आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ। त्यस कारण वहाँलाई बधाई र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना।‘

 डा रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएकोमा प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने समेत प्रम ओलीले बताए।

यस्तै कार्यक्रमा उपप्रधानमन्त्री एवं  स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अन्धोपन निवारणका लागि स्वास्थ्य मन्त्रालय सधैं तत्पर भएर लाग्ने  बताए।

यस्तै कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनमा नेपाल प्रमुख डा जोस् ले प्रतिष्ठानले आँखा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानले गर्दा समन्वय केन्द्र घोषणा गरिएको बताए। उनले भने ‘  प्रतिष्ठानले आँखाको उपचारको क्षेत्रमा विरामी प्रति देखाएको हेरचाह, आखाँ स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धान र आँखाको चिकित्सा शिक्षामा पुर्‍याएको योगदान देखेर हामीले समन्वयन् केन्द्रको मान्यता प्रात्त गरेको घोषणा गरेका हौँ।‘

 यस्तो प्रतिष्ठानको सफलता

 २५ वर्ष अगाडी १२ जना कर्मचारीहरु सहित स्थापना भएको प्रतिष्ठानले तिलगंगाले स्थापनाको तीन वर्षपछि १९९७ बाट सस्तो मुल्यमा ख्यातिप्राप्त गुणस्तरीय लेन्स उत्पादन गरी विश्वभर पुर्याउन थालेको थियो। । यसले यो २२ वर्षको अवधिमा करिब ४७ लाख भन्दा बढी लेन्स उत्पादन गरिसकेको छ।

सुरुमा दैनिक २ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ। उत्पादित आइएलओ मान्यताप्राप्त लेन्स विश्वका ७० भन्दा बढी देशहरुमा पुगिसकेको छ। जसले ती देशहरुमा मोतियाविन्दुबाट हुने अन्धोपना निवारणका लागि अतुलनीय योगदान दिइरहेको छ।

 हाल सम्म प्रतिष्ठानले ६० लाख मानिसको आखाँको उपचार गर्नुका साथै ४ लाख भन्दा बढी नेपालीको अत्याधुनिक मेसिनबाट मोतिविन्दुको सफल शल्यकृया गरेको छ।

यस्तै प्रतिष्ठाले आई बैंक स्थापना गरी १० हजार भन्दा बढी आखाँको नानी संकलन गरिएको छ। ८५ हजार भन्दा बढीलाई आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण गरिसकेको छ। आफ्नै अध्याधुनिक ल्याबबाट उत्पादित एन्ट्राकुलर लेन्स ५० लाख भन्दा वढी ७० वटा देशमा बेच्दै आएको छ।

आँखाको स्वास्थ्य उपचारको क्षेत्रमा मात्र नभइ आँखा स्वास्थ्य क्षेत्रमा समेत अनुसन्धान गर्नबाट ख्याति कमाएको  पाएको प्रतिष्ठानले हालसम्म २ सय १० वटा परियोजनाको सफल अनुसन्धान गर्नुका साथै १८३ वटा शोध प्रकाशन गरी सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.