|
भारतीय राजदूतावासमा नेपाली महिला सांसदहरू

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रिय सभाका केही महिला सांसदहरुसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले सोमबार छलफल गरेका छन्। सोमबार अपरान्ह लैनचौरस्थित भारतीय दूतावासमा संसदमा महिलाहरुको उपस्थिति र भूमिका तथा देशको वर्तमान अवस्थाबारेमा छलफल भएको थियो । 

छलफलमा संघीय संसदको प्रतिधिसभा र राष्ट्रिय सभा अन्तर्गत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका सांसदहरु सहभागी थिए। सांसदहरुले नेपालस्थित भारतीय राजदूतले चिनजान र अनौपचारिक छलफलका लागि आफूहरुलाई बोलाएको बताएका छन्। 

भारतीय राजदूतसँग छलफलका लागि सत्तारुढ दल नेकपाकी सांसद कोमल वली, नवीना लामा, कांग्रेसका सांसदहरू चित्रालेखा यादव र सीतादेवी यादवसहित १५ जना सांसदहरू दूतावास पुगेका थिए। भारतीय राजदूत र नेपाली महिला सांसदहरूबीच संसदको छलफल प्रक्रिया र बहस, कानुन निर्माणको तरिका र तिनमा महिलाको भूमिकाबारेमा राजदूतले चासो राखेका थिए।

यसअघि सरकारले भारतीय तरकारी तथा फलफूलमा विषादी परीक्षणलाई लिएर दुई देशबीच तनावको अवस्था भएका बेला सम्पादक र व्यवस्थापकहरुको एउटा टोली भारतीय दूतावासले गरेको रात्रिभोजमा सहभागी हुन पुगेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.