मुगु : मुगुलगायत कर्णालीका जिल्लामा हरिनो नाच, चुम्फा नाच कुनै बेला गाउँ गाउँमा देख्न पाइन्थ्यो। हिजोआज भने कुनै कार्यक्रममा संरक्षण स्वरुप नाच्ने गरेका मात्र देख्न पाइन्छ। संरक्षणका लागि नाचे पनि मौलिकता भने खासै पाईदैन्।
नयाँ पुस्ताले हरिनो नाच, चुम्फा नाचको मौलीकता के हो? किन नाच्ने गरिन्छ भन्ने चासो पनि नराख्ने गरेकाले यस्ता पुराना संस्कृति हराउदै जान थालेका छन्।
हरिण नाच
जंगली जनवार हरिणको नाच लाई नक्कल गरी मान्छेले नाच्ने नाचलाई हरिनो नाच भन्ने गरिन्छ। हरिणको चित्र जस्तो बनाई यो नाच नाच्ने गरिन्थ्यो। तर यो नाच हराउदै गहेको छ। पहिले विवाह ब्रतबन्धमा रमाइलोका लागि नाच्ने गरीएको भएपनि आज भोली विवाह बतबन्धमा आधुनिक उपकरणका साधनको प्रयोग गरेका पाइन्छ। तर संस्कृति बोकेका यस्ता नाच प्रति चासो नदेखाउदाँ हराउदै गरेका छन्।
शुभकार्यहरूमा यस्ता नाच नाच्ने गरेकाे भएपनि त्यो आजभोलि हराउँदै गहेका बुढापाका बताउछन्। पहिलाका वर्षहरुमा मनारेञ्जनका साधन थिएनन्। चुम्फा, हरिनो, बालोलगायत पुराना सस्कृतिले रमाइलो गर्ने चलन भएको सोरु गाउँपालीका–६ का दानबहादुर शाहीले बताए । आजभोलि आधुनिकता, मोवाईल फोन, ईन्टरनेटको विकाससँगै यस्ता पुराना सास्कृति हराउदै गहेका उनको भनाइ छ।
हरिनो नाच्न जान्नेलाई पुर्व तयारीका साथ जानकारी गराइन्थ्यो। त्यस्तै चुम्फा, बालो एक दशक अघि सम्म पनि यस्ता संस्कृतिले मनोरञ्जनमा सुन्दरता थपेको शाहीले सुनाए।
चुम्फा बालो
चुम्फा, बालो पनि विवाह, ब्रतबन्धमा नाच्ने गरीन्थ्यो त्यो पनि आजभोलि हराउदै गएको छ। डोकोलाई शिँगारी गरगहना लगाई चुम्फा बनाउने र कपडाको बालक बनाइ नचाउने गरिन्छ।
चुम्फा बालो नाचमा सासु र बुहारीले बालकको स्याहार सुसारमा ध्यान दिने बारे र कामको बोझँका बारेमा रमाइलो गरी खेल खेल्ने गरी यो नाच नाच्ने गरिन्थयो ।
यस्ता पुराना सास्कृति नयाँ पुस्तामा हस्तान्तण नहुनु र युवा पुस्ताले पनि पुराना संस्कृतिमा ध्यान नदिनुले लोप भएका स्थानीयको भनाइ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।