म्याग्दी : मध्य साउनको महिना। चारैतिर बादलको साम्राज्य छ। हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा वर्षा भइरहेको छ। वेशीतिर वर्षा हुन नसके पनि बादलले भने डाँडापाखा ढाकेको छ। यहाँका प्राकृतिक सम्पदा, भौगोलिक विविधिता, सांस्कृतिक विचित्रता र हिमाली सुन्दरताका कारण म्याग्दी जिल्ला पर्यटकीय जिल्लाका रुपमा चर्चित छ।
प्रकृतिले सिंगारेको म्याग्दी जिल्लामा विश्वकै सातौं अग्लो धौलागिरि, अन्नपूर्ण हिमालका साथै निलगिरि, गुर्जा, पुथा, चुरेन, मानामाथीलगायत साना ठूला गरी दुई दर्जन वढी हिमाल रहेका छन्। ८ हजार मिटरभन्दा माथिका धौलागिरि र अन्नपूर्ण हिमाल रहेको म्याग्दी जिल्लामा जिल्लाको पश्चिमि क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका ७ ताकमबाट मंगलबार बादल लागेको समयमा देखिएको धौलागिरि क्षेत्रका हिमश्रृंखलाहरूका तस्वीरहरु हुन् यी।
ताकम यस क्षेत्रकै अन्नभण्डार तथा प्राकृति सौन्दर्यले युक्त ठाउँ हो। त्यसका साथै यहाँ अवस्थित ऐतिहासिक ताकम कोतले मल्लकालीन इतिहांसको गौरब सुरक्षित राखेको छ। राउण्ड धौलागिरिमा जाने विदेशी पर्यटक यहाँबाट देखिने हिमश्रृंखलालाई हेरेर अघाउँदैनन्। हिमालसँगै रमाउँदा समय बितेको पत्तो नै हुँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।