|

आइसिसी क्रिकेट वर्ल्ड कप सकिएको १७ दिनपछि बिहीबारबाट सबैभन्दा ठूलो टेस्ट सिरिज ‘एसेज’ सुरु भएको छ। यो सिरिज सेप्टेम्बर १६ सम्म चल्नेछ। इंग्ल्याड र अष्ट्रेलियाबीच हुने टेष्ट सिरिज एसेज १३७ वर्ष पहिलेदेखि खेलिँदै आएको छ। अहिले भइरहेको सिरिज ७१ औँ एसेज हो।

इङल्याण्ड अष्ट्रेलियाबीच पहिलो टेष्ट सन् १८७७ मा मेलबर्न क्रिकेट ग्राउण्डमा भएको थियो। आहिलेसम्म दुई टोलीबीच ३४७ वटा टेस्ट खेल भएकोमा अष्ट्रेलिया १४४ र इंग्ल्याण्ड १०८ खेलमा विजयी भएका छन् । ९४ खेल बराबरीमा सकिएका छन्।

एशेज नाम कसरी रह्यो?

एशेज भन्ने शब्दको अर्थ ‘खरानी’ भन्ने बुझिन्छ। तर, यो सिरिजलाई किन खरानीको रूपमा हेरियो त ? कुरा सन् १९८२ को हो। अस्ट्रेलिया इंग्ल्यान्डसँग एक खेल खेल्नका लागि इंग्ल्याण्ड पुगेको थियो।

लण्डनमा भएको खेल अष्ट्रेलियाले ७ रनले जित्यो। योसँगै टेस्ट सिरिजमा अस्ट्रेलियाले इंग्ल्यान्डको धर्तीमा पहिलोपल्ट सिरिज जित हात पार्‍यो। यो हारको विषयलाई लिएर ब्रिटिस मिडियाले टोलीको धेरै आलोचना गरे।

यसै क्रममा बेलायतको पत्रिका द स्पोर्टिङ टाइम्सले ‘इंग्ल्याण्ड क्रिकेटको मृत्यु भयो, त्यसको अन्तिम संस्कार गरेर खरानी अस्ट्रेलियाले लिएर जादैछ’ भन्ने शीर्षकमा समाचार छाप्यो। त्यहि साल इङल्याण्डको टोली अस्ट्रेलिया भ्रमणमा गयो। त्यस बेला सिरिज इङल्याण्डले २–१ ले जित्यो। त्यस बेला इंग्लिस टोली सिरिज खेल्न अष्ट्रेलिया जानुअघि नै मिडियाले इंग्ल्याण्ड मरेको क्रिकेटको खरानी फिर्ता गर्ने दाउमा रहेको लेखेका थिए। यसै कारण यो सिरिजको नाम ‘द एसेज’ रहन गयो।

पहिले टेस्ट क्रिकेटलाई मात्र एसेजको नाम दिइए पनि अहिले एसेजमा एक दिवसीय र टी–ट्वाइन्टी क्रिकेट पनि समावेश गरिएको छ। दुवै देशका महिला टिम बीचको खेललाई पनि महिला एसेजको नाम दिइएको छ। हालसम्म अस्ट्रेलियाले ३३ पटक र इंग्ल्याण्डले ३१ पटक टेस्ट सिरिज आफ्नो नाममा लेखाएका छन्। ५ बटा सिरिज बराबरीमा सकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.