|

बाराः सनराइज बैंकले निजगढमा ११५ औँ शाखा संचालनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यलयको उद्घाटन गरे।

निजगढ नगरपालिकाको उपमेयर लीलादेवी लामिछाने खनालले एटिएमको उद्घाटन गरेकी छन्। कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति थियो ।

हालसम्म सनराइज बैंकको ११५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएममार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm सञ्चालन गर्ने योजना रहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.