|

काठमाडौं : प्रदेश  ३ सरकारको अगुवाइमा  २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ।  प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका बारेमा प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना सम्मेलन हुन थालेको हो। 

 र आइएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन अयोगना गर्न लागेको जानकारी गराएको छ। मन्त्री नेपालले उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मबिश्वास, पुँजी र लगानीको वातावरण चाहिने बताउदैं यो युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निमार्णमा पहल गर्ने बताए।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको बताए। स्थानिय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने उनको दाबी छ। 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले वाणिज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी गराए। श्रेष्ठले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा समेत गरे।

मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने बताए।

 साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, वरिष्ठ उद्यमी हरिभक्त शर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ।

११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.