|
फाइल फोटो

पर्सा : पर्साको अलग–अलग स्थानमा बेवारिसे अवस्थामा दुई पुरुषको शव फेला परेको छ। १४ स्थानीय तह भएको पर्सामा दुवै शव वीरगन्ज महानगरपालिकाभित्र नै फेला परेका हुन्। मृत्युको कारण भने खुलिनसकेको पर्सा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये एक जनाको शव वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली चोक र अर्को वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को नगवाटोलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। मृतक मध्ये सुगौली चोकमा फेला परेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव भने कस्को हो? भन्नेसमेत पहिचान भएको छैन । नगवाटोलमा फेला परेको शव भने स्थानीय २१ वर्षीय भोला भन्ने अरुणराज चौधरीको रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

उनीहरूको मृत्यु के कारणले भएको हो? भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ। दुवै शवलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.