|

नेपाली फास्ट बलर सोमपाल कामी  आवद्ध रहेकाे  विनिपेग हक्स ग्लोबल टी– २० को फाइनलमा पुगेको छ। क्यानडाको प्रतिष्ठित लिगको क्वालिफायरमा ब्राम्प्टनलाई पराजित गर्दा सोमपाल १२ औं खेलाडीका रुपमा रहे। उनी १९ औं ओभरमा मैदानमा प्रवेश गर्दै फिल्डरका रुपमा सहिद अफ्रिदीको क्याच लिन सफल भएका थिए।

शनिबार राति भएको दोस्रो क्वालिफायरमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै अब फाइनलमा भान्कुभर नाइट्ससँग प्रतिष्पर्धा गर्ने छ। नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ नियमानुसार ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो। ब्राम्प्टनले प्रस्तुत गरेको २ सय १ रनको विशाल लक्ष्य अन्तिम बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै हक्स फाइनलमा पुगेको हो। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएको अवस्थामा हक्सले कुनै गल्ती गरेन्।

हक्सको जितमा यूएईका शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्का सहित ५२ रनको योगदान दिए। उनी म्यान अफ द म्याच चुनिए। त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्का सहित ५० रनमा अविजित रहे। क्रिस लिन ३५, सन्नी सोहेल ४१ रनमा आउट हुँदा डरेन स्मिथ १७ रनमा अविजित रहे। ब्राम्प्टनका लागि वहाव रियाज,जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। उसका लागि कप्तान डरेन सम्मीले सर्वाधिक ३३ रनको योगदान दिए। त्यस्तै जर्ज मुन्से २२,रोहन मुस्तफा १४,बाबर हायत र शहिद अफ्रिदी समान ३२ रनमा आउट भए। वहाव रियाज २३ रनमा अविजित रहे। हक्सका लागि कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए। कलिमा सेना २,मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.