|

जनकपुरधाम : जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा यतिबेला झुलाको रौनक छाएको छ। मन्दिरमा भजनकीर्तन गरी राधा, कृष्ण, सीता–राम भगवानको प्रतीमा डोलामा रेशमको डोरीले बाँधेर झुलाउने गरिन्छ। त्यसैले यसलाई झुला भनिन्छ।

यतिबेला जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिरलगायत मठ मन्दिरमा झुलाको रौनक देखिएको छ । मठ मन्दिरलाई विशेष सजाइएको छ। साँझमा हुने झुलासँगै हुने भजनकीर्तन हेर्न श्रद्धालुको घुइँचो लाग्ने गरेको छ।

झुलनोत्सव मैथिली संस्कृतिको मौलिक संस्कृति हो। यस अवसरमा प्रत्येक मठमन्दिरमा मणिपर्वत पर्व हार्षोल्लासका साथ सम्पन्न गरिन्छ। यो पर्व शुरु हुनुअघि मठ मन्दिरबाट लावा लस्करसहित बाजागाजा तथा मंगलगानसँगै भव्य जुलुस निकालिन्छ। यो उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ।

जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासले जनकपुरधारममा झुला उत्सवको प्रारम्भ गरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको भनाइ छ। सुरकिशोरको आगमनको समय भने सन् १७३० लाई मानिन्छ। उत्तराधिकारी महन्थ वैष्णव भन्छन्, ‘त्यतिबेला जनकपुरमा विभिन्न मन्दिरको स्थापना भएसँगै झुला उत्सवको सुरुवात भएको महन्थहरुबाटै थाहा पाएको छु।’

सुरकिशोर माता जानकीलाई पुत्री मान्दथे र उनीसँग कुराकानी समेत गर्थे भन्ने जनविश्वास छ। उनले माता जानकीकै सल्लाहमा उत्सवको सुरुवागत गरेको मानिन्छ। साउत शुल्क तृतीया (साउन १८)बाट सुरु भएको झुला उत्सव अन्य वर्षझै १५ दिनसम्म मनाइने उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए।

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.